टिकट काउन्टरको विषयमा यातायात व्यवसायीबीच झडप, दुई जना घाइते

सुर्खेत ः सुर्खेतको वीरेन्द्रनगरमा टिकट काउन्टरको विषयमा दुई यातायात प्रालिबिच झडप हुँदा दुई जना घाइते भएका छन् । वीरेन्द्रनगर–१० बुलबुले चौक नजिकै भिजिट कर्णाली यातायात प्रालि र सयुक्त यातायात प्रालिबिच टिकट काउन्टरको विषयलाई लिएर शनिवार बिहान झडप हुँदा दुई जना घाइते भएका हुन् ।

संयुक्त यातायात व्यवसायीमा आवद्ध केही व्यक्तिहरुले हतियार प्रहार गरेर आफ्ना कर्मचारीलाई घाइते बनाएको भिजिट कर्णाली यातायात प्रालिका सचिव डिल बहादुर गौतमले दिए । यता, संयुक्त यातायात सेवा सुर्खेतका प्रतिनिधी एवम् देउती नागरिक यातायात प्रालिका सचिव रमेश खड्काले भिजिट यातायात प्रालिलाई मनोमानी तरीकाले नभई व्यवस्थित तरिकाले वसपार्कबाट टिकट काट्न अनुरोध गरेको बताए ।

‘हामीले उहाँहरुलाई बसपार्क आउनुहोस् बसपार्कबाट टिकट काट्नु यो अव्यवस्थित भयो भन्यौ, तर उहाँहरुले आफै मनोमानी तरिकारले टिकट काट्न थाल्नुभयो भनेको नमानेपछि हामीले आज उहाँको कार्यालय घेराउ गरेका हौ,’ उनले भने ।

केही समयअगाडि दुई समूहको झड्पपछि रत्न राजमार्गमा बन्द भएको थियो । उक्त राजमार्ग अहिले भने सुचारु भएको छ । घटनास्थलमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ । घाइते भएका दुवै जनाको कर्णाली प्रदेश अस्पतालमा उपचार भइरहेको छ ।




सम्बन्धित समाचार


error: Content is protected !!