पहिलो जलविद्युत आयोजना निर्माण गरेको भन्दै व्यवसायि तथा समाजसेवी श्रेष्ठ सम्मानित

काठमाडौं / स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था,नेपाल इप्पान ले व्यवसायी जीतबहादुर श्रेष्ठलाई सम्मान गरेको छ। १ मेगावाटभन्दा ठूलो पहिलो जलविद्युत आयोजना निर्माण गरेको भन्दै उहाँलाई सम्मान गरिएको हो। श्रेष्ठ नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडका संस्थापक अध्यक्ष हुनुहुन्छ। उहाँले यो कम्पनीको स्थापना गराउनु भएको हो।यो कम्पनीले ७।५ मेगावाटको इन्द्रावती तेस्रो जलविद्युत आयोजना निर्माण गरेको थियो। सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका र मेलम्ची नगरपालिकामा आयोजना निर्माण भएर सञ्चालनमा छ।करिब २५ वर्षदेखि आयोजनाले व्यवसायिक उत्पादन गरिरहेको छ ।
माननीय उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सम्मानपत्र दिएका छन्। सम्मान कार्यक्रममा ऊर्जा मन्त्री शक्तिबहादुर बस्नेतको पनि उपस्थिति थियो।
श्रेष्ठ लामो समयदेखि विभिन्न व्यवसायसंगै सामाजिक कार्यहरुमा संलग्न हुदै आउनु भएको छ । श्रेष्ठ नेपाल बंगलादेश बैंकका संस्थापक अध्यक्ष हुनुहुन्छ । उहाँ नेपाल क्रेडिट एण्ड कमर्स बैंकका अध्यक्ष हुनुहुन्छ । उहाँ एनबि इन्सुरेन्सका संस्थापक अध्यक्ष हुनुहुन्छ । अहिले यो कम्पनी आईएमई जनरल इन्सुरेन्स भएको छ। उहाँ नेपाल क्यान्सर रिलिफ सोसाईटीका अध्यक्ष हुनुहुन्छ। उहाँ विभिन्न अरु दर्जनौं व्यवसायसंगै समाजसेवामा समेत संलग्न हुनुहुदै आउनु भएको छ। सम्मानका लागि इप्पानले धन्यवाद दिदै श्रेष्ठले आगामी दिनमा काम गर्नका लागि ऊर्जा मिलेको प्रतिक्रिया दिनु भएको छ । इप्पानले ६ वटा विधामा ‘इप्पान डे’को अवसरमा सम्मान गरेको छ । १ मेगावाटभन्दा सानो १८३ किलोवाटको स्याङगे खोला जलविद्युत आयोजनालाई सम्मान गरेको छ । जसको प्रवर्द्धक स्याङगे इलेक्ट्रिसिटी कम्पनी लिमिटेड हो ।
ऊर्जा क्षेत्रमा लगानी गर्ने पहिलो बैंकका रुपमा नविल बैंकलाई सम्मान गरेको छ । पहिलो निर्माण कम्पनीका रुपमा एभरेष्ट निर्माण कम्पनी, पहिलो इन्सुरेन्स कम्पनी आइजिआई प्रुडेन्सियल इन्सुरेन्सलाई सम्मान गरेको छ ।
वेष्ट हाइड्रो पत्रकारका रुपमा वरिष्ठ पत्रकार विकास थापा,इप्पान विशेष सम्मान ४ जनालाई गरिएको छ ।










