आधारभुत अस्पताल लिम्सामा पाँच किलोवाटको सौर्य उर्जा जडान

जाजरकोट /  विद्युतको अभावमा समस्य भोग्दै आएको जाजरकोट बारेकोट गाउँपालिकाको आधारभुत अस्पताल लिम्सामा ५ किलोवाटको सौर्य उर्जा जडान गरिएको छ । भूकम्प पछि उपचार कार्यमा असहज आई समस्य भोग्दै आएको अस्पताल अहिले टेन्ट भित्र सञ्चालन हुँदै आएको छ ।

टेन्ट भित्र सञ्चालन हुँदै आएको अस्पतालमा विद्युत सेवा आपूर्ती गर्नका लागि विश्व स्वास्थ्य संगठनको आर्थिक सहयोगमा ५ किलोवाट क्षमताको सोलार सिस्टम ( सौर्य उर्जा) जडान गरिएको गाउँपालिकाका अध्यक्ष बीरबहादुर गिरीले जानकारी दिनुभयो । सोलार सिस्टम जडान कार्य सम्पन्न गरेपछि आज नै विश्व स्वास्थ्य संगठनका नेपाल प्रमुख प्रमुख डाक्टर राजेश सम्भाजी पाण्डवले निर्माण कार्य सम्पन्न भएको प्रमाणपत्र हस्तान्तरण गरेका छन् ।

गत कात्तिक १७ गते गएको भूकम्पको केन्द्र विन्दु बारेकोट नै रहेको छ । त्यस्तै संगठनले आधारभुत अस्पतालको अस्थायी संरचना निर्माण गरेर सेवा प्रवाहमा सहज बनाएको अध्यक्ष गिरीले बताउनुभयो । भूकम्पले गर्दा स्वास्थ्य सेवा प्रवाहमा मुस्किल भएपछि गाउँपालिकाका अध्यक्ष गिरीको आग्रहगमा संगठनले सोलार सिस्टम, अस्थायी संरचना निर्माण गरेर सेवा प्रवाहलाइ सहजता ल्याइएको हो । दैनिक दर्जनौ बिरामी उपचारका लागि अस्पतालमा आउने गरेका छन् । चिसोका कारण बिरामीहरुको संख्य बढेको छ ।

गाउँपालिकाकामा केन्द्रीय लाइन विस्तार नहुँदा विद्युतको समस्य पर्दै आएकोमा तत्कालका लागि हल भएको छ । गाउँपालिका भित्रका अन्य स्वास्थ्य संस्थामा पनि भूकम्पका कारण क्षती भएको र विद्युतको अभावमा सेवा प्रवाहमा समस्य हँुदै आएको छ । भूकम्पले क्षती भएको संरचनामा उपचार सम्भव नभएपछि सबै खालका सेवा टेन्टबाट सुरु गरिएको छ ।

पालिकाद्धारा गाउँ ,गाउँमा स्वास्थ्य सेवा


गाउँपालिकाद्धारा सबै बस्तीहरुमा स्वास्थ्य सेवाको पहुँच बिस्तार गर्नका लागि शिविर सञ्चालनमा ल्याइएको छ । प्रजनन स्वास्थ्य देखि मनोबैज्ञानिक परामर्श लगाएतका सेवाहरु सञ्चालन हुँदै आएका छन् । सबै गाउँमा पुगेर भूकम्प प्रभावितलाई स्वास्थ्य सेवा उपलब्ध गराएको अध्यक्ष गिरीले जानकारी दिनुभयो ।

बिभिन्न निकायको सहयोग लिएर स्वास्थ्य सेवा सबैलाई दिएको उनले जानकारी दिए । लिम्सामा आयुर्वेद स्वास्थ्य शिबिर तथा सक्लामा प्रजनन स्वास्थ्य शिबिर संचालन ल्याइ सेवा प्रवाह भइरहेको अध्यक्ष गिरीको भनाई छ । सबै वडाहरुमा खोप सेवा समेत सम्पन्न भएको छ । सुत्केरी महिला तथा गर्भवतीलाई न्यानो कपडा देखि नियमित स्वास्थ्य संस्थामा आएर जाँच गराउन समेत जानकारी दिइएको छ ।




सम्बन्धित समाचार


error: Content is protected !!