कर्णालीका तीन युवक विश्व साइकल यात्रामा

मुगु ः कर्णाली प्रदेशका तीन युवक विश्व साइकल यात्रामा निस्किएका छन् । नेपालको पर्यावरण संरक्षणका साथै पर्यटन प्रवर्द्धनमा टेवा पु¥याइ देशलाई विश्व सामु चिनाउने उद्देश्यले काठमाडौँको पशुपतिनाथबाट नेपालको राष्ट्रिय झण्डा लिएर उनीहरूले साइकल यात्रा गरेका हुन् ।
विश्वमा शान्तिको सन्देश फैलाउन तथा नेपालको पर्यटन विकास र पर्यावरण संरक्षण, जलवायु परिवर्तनका कारण नेपालले झेलको विषम परिस्थितिबारे जानकारी दिनु यात्राको उद्देश्य भएको साइकलयात्री छायाँनाथरारा नगरपालिका–१ निवासी अजय मल्लले राससलाई टेलिफोनमा बताउनुभयो ।
विश्व साइकल यात्रामा दैलेखका केशवप्रसाद रिजाल र सनतप्रसाद रेग्मीसहित तीन युवक हुनुहुन्छ । आज पशुपतिनाथबाट सुरू भएको यात्राको पहिलो चरणमा भारत, पाकिस्तान, लाओस, थाइल्याण्ड, भुटान, बङ्गलादेश, चीन पुग्ने उहाँले बताउनुभयो । यसअघि यो टोलीले मेचीदेखि महाकालीसम्मको साइकल यात्रा गरेको थियो ।










