कर्णालीमै पहिलो पटक शंखध्वनि प्रतियोगीताः पुस्कर भट्टराई प्रथम

सुर्खेत ः नेपाल ज्योतिष परिषद् सुर्खेतले २६ औ स्थापना दिवस एवम् रजत जन्यन्तीका अवसरमा आयोजना गरेको शंखध्वनि प्रतियोगीतामा पुस्कर भट्टराइ प्रथम भएका छन् । प्रतियोगीतामा मणिराम गौतम द्वितीय, इन्द्रलाल उपाध्याय तृतीय एवम् हरिप्रसाद आचार्य उपाध्यायले सान्त्वना स्थान हासिल गरेका छन् । उनीहरुलाई प्रमाण पत्रसहित क्रमशः २ हजार १ सय, १ हजार ५ सय, १ हजार र ५ सय नगद पुरस्कार प्रदान गरिएको थियो ।

प्रतियोगीताको निर्णायक समितिको संयोजकमा ज्यो। प। विकास पौडेल र सदस्यहरुमा लालमणी खनाल तथा शोभाखर अधिकारी रहेका थिए । २८ जना प्रतियोगीहरुले उक्त प्रतियोगीतामा भाग लिएका थिए ।

शंख फुक्नु भनेको धार्मिक क्षेत्रका लागि मात्र नभएर मानिसको स्वास्थ्यलाई समेत फाइदा हुने भएकाले शंखध्वनि प्रतियोगीताको आयोजना गरिएको नेपाल ज्योतिष परिषद सुर्खेतका अध्यक्ष यामप्रसाद अधिकारीले बताए । शंख बजाउँदा फोक्सोका लागि फाइदा पुग्छ भने स्वास सम्बन्धी रोग छ भने नियमित रुपमा शंख बजाउँदा यो रोगबाट मुक्त हुने पुराणमा उल्लेख भएको बताउँदै अधिकारीले भने प्रत्येक दिन शंक फुक्दा घाँटी र फोक्सोको रोग लाग्न दिँदैन ।

शंखले मुखको सबै रोग नष्ट हुन्छ । शंख बजाउँदा अनुहार, श्वास प्रणाली, फोक्सोको व्यायाम हुन्छ । शंख बजाउँदा स्मरण शक्ति पनि बढ्छ । यति मात्र होइन शंखबाट छाला रोगीहरुका लागि पनि निकै फाइदाजनक छ ।





error: Content is protected !!