उत्तरपश्चिम पाकिस्तानमा बारुदी सुरुङ विस्फोटमा तीन गोठाला बालबालिकाको मृत्यु

पाकिस्तानको उत्तरपश्चिमी आदिवासी घनत्व रहेको जिल्ला उत्तर वजिरिस्तानमा बिहीबार बारुदी सुरूङ विस्फोटमा परी तीन बालबालिकाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

अफगानिस्तानको सीमावर्ती खैबर पख्तुनख्वा प्रान्तको उत्तरपश्चिमी जिल्ला उत्तरी वजिरिस्तानको मिर अली क्षेत्रमा बिछ्याइएको बारुदी सुरूङमा विस्फोट हुँउ तीन जना बालबालिकाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले प्रहरी स्रोतलाई उद्धृत गर्उ जनाएको छ।
मृतक बालबालिका जिल्लाको खजोरी क्षेत्र नजिकैको खेतमा गाईवस्तु चरारहेका बेला सो घटना भएको हो ।
बालबालिका पाँचदेखि १५ वर्षसम्म उमेरका रहेका थिए । घटनाको कुनै पनि समूहले जिम्मेवारी लिएको छैन ।





error: Content is protected !!