नेपाल -भारत संयुक्त आयोगको सातौँ बैठक सुरु

काठमाडौँ ः  नेपाल  , भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको सातौँ बैठक यहाँ सुरु भएको छ ।  बैठकमा परराष्ट्रमन्त्री नारायणप्रकाश साउद र भारतीय विदेशमन्त्री डा एस जयशङ्करले आ(आफ्नो देशको प्रतिनिधिमण्डलको नेतृत्व गर्नुभएको छ । बैठकमा द्विपक्षीय सहकार्य र आपसी हितका विविध विषयमा समीक्षा र छलफल हुने जनाइएको छ ।  भारतीय विदेशमन्त्री डा जयशङ्कर दुई दिने भ्रमणका क्रममा आज नेपाल आइपुग्नुभएको हो ।





error: Content is protected !!