चक्कू प्रहारबाट घाइते दक्षिण कोरियाली नेता लीको स्वास्थ्यमा क्रमिक सुधार ः चिकित्सक

घाँटीमा धारिलो हतियार प्रहार हुँदा घाइते बनेका दक्षिण कोरियाली विपक्षी दलका नेता ली जे–म्युङको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको तर जटिलताबाट बच्न कडा निगरानीको खाँचो रहेको सियोल नेसनल युनिभर्सिटी अस्पतालका चिकित्सकले बिहीबार बताएका छन् ।
लीलाई दक्षिणी बन्दरगाह शहर बुसानमा मङ्गलबार पत्रकारहरूसँगको कुराकानीपछि गाडीतर्फ जाने क्रममा समर्थकको रूपमा आएका एक व्यक्तिले धारिलो हतियार प्रहार गरी सख्त घाइते बनाएका थिए । उहाँको घाँटीको बायाँ भागमा चक्कुको चोट लागेको थियो । टाउकोबाट शरिरमा रगत जाने नसामा चोट लागेका लीलाई तत्काले स्थानीय अस्पतालमा लगिएको थियो । उपचार त्यहाँ सम्भव नभएपछि नेता लीलाई पछि राजधानी सियोल लगी करिब दुई घण्टा लामो शल्यक्रिया गरिएको थियो ।
शल्यक्रिया गर्ने चिकित्सक मिन सेउङ–कीका अनुसार लीको ‘भाग्यवश स्वास्थ्यमा सुधार आएको छ ।” लीको मांसपेशीमा १।४ सेन्टिमिटर छेडिएको घाउ देखिएको र घाँटीमा रगत जमेको भएपनि शल्यक्रियापछि उहाँको स्वास्थ्यमा सुधार देखिएको हो ।
चक्कूले ‘भित्री नशा ९जुगुलर भेन० करिब ६० प्रतिशत भाग काटेको’ सर्जन चिकित्सकले बताएका छन् । “भाग्यवश धमनी, मस्तिष्क तन्त्रिका, घाँटी वा वायुमार्गमा क्षतिको कुनै सङ्केत थिएन ।”
“लीको स्वास्थ्य तत्काल खतरामुक्त भए पनि अझै चिकित्सकीय निगरानी आवश्यक छ, मिनले भन्नुभयो, किनकि घाउमा सङ्क्रमण भई उपचारमा जटिलता आउनसक्छ ।”
लीको शल्यक्रियापछि सियोल अस्पतालले बिहीबार पहिलो पटक स्वास्थ्य अवस्थाबारे दिएको जानकारीमा पार्टी नेतालाई बुधबार सघन उपचार कक्षबाट जनरल वार्डमा स्थानान्तरण गरिएको बताइएको छ ।
लीको डेमोक्रयाटिक पार्टीले आक्रमणकारीको चक्कु उनको नसामा नभई उनको धमनीमा लागेको भए उहाँको मृत्यु हुनसक्ने बताएको छ ।
योनहाप समाचार संस्थाका अनुसार बुसानको एक अदालतले हत्या प्रयासको अभियोगमा ६६ वर्षीय संदिग्ध व्यक्तिविरुद्ध अभियोजन पक्षले दायर गरेको पक्राउ पुर्जी बिहीबार पुनरावलोकन गर्ने भएको छ ।









