जुनिचाँदेका भूकम्प पीडितका अझैँ पाएनन् अस्थायी आवासको रकम , दबाब थेग्न मुस्किल भएकाे भनाइ

सुर्खेत, १८ पुस ः भूकम्प गएको दुइ महिना पूरा हुँदा सम्म जाजरकोटको जुनिचाँदे गाउँपालिका भित्रका नागरिकले अस्थायी आवास निर्माण हुन सकेको छैन ।

अन्य पालिकामा अस्थायी आवास निर्माण कार्य धमाधम भएपनि जुनिचाँदेमा अहिले सम्म कुनै पनि अस्थायी आवास निर्माण नभएको हो । २ हजार ५६३ जना भूकम्प पीडित भएपनि हाल सम्म कुनैले पनि अस्थायी आवासका लागि संरचना निर्माण नभएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय प्रमुख हरिश्चन्द्र शर्माले जानकारी दिए ।

भूकम्प पीडितलाई दिइने रकम समेत मंगलबार देखि खातामा हाल्न सुरु गरिएको छ । पालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत बलबहादुर शाहीले अनाआवश्यकको दबाबले काम गर्न मुस्किल हुँदै गएको बताए। आज प्रमुख जिल्ला अधिकारीलाई फोन गरेर काम गर्न नसक्ने जानकारी गराउने समेत उनले बताए । दबाब र अनाआवश्यकको क्रियाकलाप , कार्यालयमा मदिरा सेवन गरेर आउने जस्ता गलत हर्कत नसचिएपछि आफूले गाउँपालिकामा काम गर्न नसक्ने अवस्थामा पुगेको उहाँले जानकारी दिए ।

विद्यमान नियम ,कानुनको धज्जी उडाएर आफूले पालिका अध्यक्ष लगाएको दबाब सहन नसक्ने अवस्थामा पुगेको र लेखापालले सोही दबाबका कारणले बीचमा काम गर्न छाडेर भागेको समेत उनको भनाई छ । तीन , तीन महिनामा प्रमुख प्रशासकीय अधिकृत सुरुवा हुने पालिका मध्यमा यो रहेको छ ।





error: Content is protected !!