कर्णाली सरकारले मृतक सुजनका परिवारलाई दुई लाख दिने
सुर्खेत ः कर्णाली प्रदेश सरकारले दैलेखको महावु गाउँपालिका ६ निवासी सुजन रावतका आफन्तलाई दुई लाख रुपैंया राहत दिने निर्णय गरेको छ ।
आज बसेको मन्त्री परिषदको वैठकले शुक्रबार ललितपुरको बालकुमारीमा भएको आन्दोलनका क्रममा ज्यान गुमाएका सुजनको परिवारलाई राहत बाफत सो रकम दिने निर्णय गरेको मुख्यमन्त्री राजकुमार शर्माले जनाए ।
आज बसेको वैठकले मृतकका परिवारलाई दुई लाख राहत दिने निर्णय भएको छ । मुख्यमन्त्री शर्माले भने ।
यसैबीच, उद्योग पर्यटन वन तथा वातावरण मन्त्री आज विहान सुर्खेत विमानस्थलमा सुजनको शवमा श्रद्धान्जली दिन पुगेका थिए ।