नलगाडमा बाणिज्य बैंक स्थापना

मोहन जंग शाही
जाजरकोट , २६ मंसिर ः राष्ट्रिय बाणिज्य बैंकले नलगाड नगरपालिकाको दल्लीबाट आफ्नो सेवा सुरु गरेको छ ।

सहुलियतकर्जा कार्यक्रम देखि अन्य कारोबार गर्ने उदेश्य सहित नलगाड नगरपालिकाको प्रशासकीय केन्द्र दल्लीमा शाखा स्थापना भएको जाजरकोट शाखाका प्रमुख नेमबहादुर शाहीले जानकारी दिए । रुकुम पश्चिमको आठबीसकोट नगरपालिका सहितलाई सेवा प्रवाह गर्ने उदेश्यका साथ दल्लीमा बाणिज्यको शाखा स्थापना भएको शाहीले जानकारी दिए । २८५ औँ शाखाको रुपमा यसलाई लिइएको छ ।

भूकम्पबाट पीडित बनेका यस क्षेत्रका सर्बसाधारणलाई बाणिज्य बैंकको शाखा बिस्तारले भारी मात्रामा सहयोग पुगेको नलगाड नगरपालिकाका नगरप्रमुख डम्बर रावतले बताए । भूकम्प पीडितलाई अस्थायी टहरा निर्माण गर्नका लागि रकम भुक्तानी गर्न बैंक स्थापनासँगै सहयोग पुग्ने भएको छ । बाणिज्य बैंक स्थापनाका लागि नगरपालिकाले पटक पटक माग पत्र पेश गर्दै आएको थियो । द्धन्द्धकालमा नेपाल बैंक लिमिटेड दल्लीबाट सदरमुकाम खलंगामा विस्थापित भएको थियो ।

पूर्वमन्त्री गणेशप्रसाद सिंहले बंैंकको स्थापनासँगै यस क्षेत्रमा भारी मात्रामा फाइदा पुग्ने विश्वास व्यक्त गरे । सहुलियतकर्जा लागू गर्नका लागि हस्ताक्षरकत्र्ता मध्यका सिंहले नलगाड लगाएतका क्षेत्रमा कृषि व्यवसायी गर्ने यूवाहरुका लागि बैंकले प्रवाह गर्ने सहुलियतकर्जाले सहयोग पुग्ने उनको भनाई छ । आज बैंकको स्थापना गर्नका लागि पूर्वमन्त्री गणेशप्रसाद सिंह , बैंकका तर्फबाट उप कार्यकारी अधिकृत पवन रेग्मी लगाएतको सहभागिता रहेको थियो ।

May be an image of 3 people, indoors and text

May be an image of 3 people, newsroom, dais and text

May be an image of 9 people and text





error: Content is protected !!