शिक्षकहरुलाई सि.एम.सी द्धारा २ दिने तालिम सम्पन्न

मोहन जंग शाही
जाजरकोट, २५ मंसिर ः सि.बि.एम को आर्थिक सहयोग तथा मानसिक स्वास्थ्य तथा परामर्श केन्द्र सी एम सी नेपाल अन्तर्गत जाजरकोट र रुकुमपश्चिम भुकम्प प्रतिकार्य कार्यक्रमको सहकार्यमा सानीभेरी गाउँपालिका शिक्षा,यूवा तथा खेलकुद शाखाको आयोजनामा शिक्षकहरुको लागि प्राथमिक मनोवैज्ञानिक सहयोग सम्बन्धी मंसिर २४ र २५गते सम्म सानीभेरी गाउँपालिका वडा नं. ९ रुकुमपश्चिममा २ दिने तालिम सम्पन्न भएको सी.एम.सी नेपालका मनोसामाजिक मनोपरामर्शकर्ता डिलबहादुर शाहीले जानकारी दिनुभयो ।

शाहीका अनुशार २२ जना शिक्षकहरुको सहभागिता रहेको थियो । २ दिने तालिमको सहजीकरण सी.एम.सी नेपालका मनोविद रुसु कटेल ,नम्रता सिंह क्षेत्री र मनोसामाजिक मनोपरामर्शकर्ता डिलबहादुर शाहीले गर्नुभएको थियो । तालिमको संचालन शिक्षा,यूवा तथा खेलकुद शाखाका प्राबिधिक सहायक प्रेम बहादुर बिष्ट र स्वागत मन्तब्य तथा तालिमको उद्देश्यहरुका बारेमा मनोसामाजिक मनोपरामर्शकर्ता डिलबहादुर शाहीलेगर्नुभएको थियो ।

सानीभेरी गाउँपालिकाका अध्यक्ष बिर्ख बहादुर बिष्टको प्रमुख आतिथ्यतामा उद्दघाटन सत्र भएको थियो । २ दिने तालिमको उद्देश्यहरु प्राथमिक मनोबैज्ञानिक बिषयमा जानकारी,विपदजन्य अवस्थामा विपद प्रभाबित देखाउने मनोबैज्ञानिक असरहरुको पहिचान गर्न,विपदजन्य अवस्थाहरुमा देखिन सक्ने आघात जन्य तनाबको पहिचान तथा व्यवस्थापन र मनोसामाजिक तथा मानसिक स्वास्थ्य सेवा प्रदान र सिफारिस गर्ने उद्देश्यहरु रहेका थिए । तालिममा विपदको समय तथा विपद पछी मानिसहरुको प्रतिक्रियाहरु, विपद पछीका दिनहरुमा उनीहरुका मनोसामाजिक समस्याहरु,भावनात्मक सहयोग गर्दा आवश्यक सीपहरु,मनोवैज्ञानिक प्राथमिक सहयोग किन,कस कसलाई र कसरी सहयोग प्रदान, मनोवैज्ञानिक प्राथमिक सहयोगको बारेमा,सहयोग प्रदान गर्दा अपनाउने विधि र प्रक्रियाहरु, आरामदायी अभ्यासहरु र भुमिका प्रर्दशनका बिषयहरुमा सहजीकरण र छलफल गरीएको सी.एम.सी नेपालका मनोसामाजिक मनोपरामर्शकर्ता शाहीले बताउनु भयो ।





error: Content is protected !!