चारसय विद्यार्थीलाई न्यायो कपडा वितरण

जाजरकोट ः नलगाड नगरपालिका ६ स्थित तीनवटा विद्यालयका चारसय विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको छ । जुहारी लाल सुनार , नलगाड उद्योग बाणिज्य संघको आयोजनामा नलगाड नगरपालिका एवं नलगाड नगरपालिका ६ को संयोजकत्वमा उक्त सामग्री विद्यार्थीलाई वितरण गरिएको हो । एच सि एफ भरतपुर र नवजीवन एजि चर्च को सहयोगमा भुकम्प पीडित बालबालिकालाई न्यानो कपडा उपलब्ध गराएको हो ।





error: Content is protected !!