चाइना अध्ययन गर्ने नेपाली विद्यार्थीले भूकम्प प्रभावित कोषमा रकम जम्म


जाजरकोट , १२ मंसिर ः चाइनामा अध्ययन गरिरहेका नेपाली विद्यार्थीले जाजरकोटको रामीडाँडा केन्द्र विन्दु बनाएर गएको भूकम्पबाट क्षती भएको समस्यलाई टार्नका लागि सहयोग गरेका छन् ।

७० जना विद्यार्थीले ७१ हजार ८५३ रुपैयाँ भूकम्प प्रभावित राहत कोषमा जम्मा गरेको प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले जानकारी दिए । जाजरकोटबाट चाइनामा पढीरहेका सुदिप सिंह सुनार लगाएतले साथीबाट जम्मा गरेका उक्त रकम भूकम्प राहत कोषमा रकम जम्म गरेका थिए ।





error: Content is protected !!