भूकम्पको क्षती,विपत र शोक लाई पुनःनिर्माणको एउटा अवसरमा बदलौ ः नेता आचार्य

कार्तिक १७ गते गएको भूकम्पबाट भएको क्षतीलाई राजनीतिक दलहरुले बिभिन्न तरिकाबाट सहयोग गर्ने क्रम जारी रहेको छ । उक्त विपदको समयमा दलहरुले पीडितको घर ,टहराहरु निर्माण देखि अन्य बिभिन्न बिकल्पहरुको खोजी गर्दै सर्बसाधारणलाई सहयोग गरिरहेका छन् । यही पेरीफेरीमा रही नेकपा ( एमाललें ) सुरु गरेको अस्थायी संरचना निर्माणको कामलाई कसरी गरिरहेको छ । कहाँ कहाँ कुन टिम युद्धस्तरमा खटिएर जनताको सेवामा लागेको छ त भन्ने विषयमा केन्द्रीत रही नेपालपोष्टका लागि मोहनजं शाहीले नेकपा( एमाले) का केन्द्रीय सदस्य निरज आचार्यसँग गरिएको कुराकानीका सार ः

स्थायी संरचना निर्माणमा जुटेको तपाईको टिमले कति संरचना बनायो ?

नेकपा (एमाले)ले जाजरकोट र रुकुममा गरि १००० स्वयम सेवक परिचालन गरेको छ । जाजरकोट को भेरि नगरलालीका वडा नं ३ को माथिल्लो थाप्ले, पिपलडाँडा, गैरिखाली , वडा नं -१ को रावत गाउँ , पिपे, रिम्ना, नलगाड नगरपालिका को चिउरि, कल्पत, बारेकोटको लिम्सा, सिल्पाचौर र कुशेको धनराशि मा १३ ओटा समुहले काम गरिरहेका छन् । त्यसैगरि रुकुममा आठविसकोट -१४, ज्यामिरकोट,आठविसकोट -१४, छेपारे, आठविसकोट -११, चिसापानी,आठविसकोट -१३, हाम्पा, चौरजहारी -११ खोला गाउँ,,सानीभेरी -१, चाइना बगर, आठविसकोट -१०, राडिबजार, सानीभेरी -११, काफलबोट, आठविसकोट -१४, हलेदे,नवलपरासी, आठविसकोट -१३, भल्मा, आठविसकोट -११, गोइरी वाफीकोट -८, तुरीधारा, चौरजहारी -११, खोलागाउँ र चौरजहारी -१२, सानाखोला, मा कृयाशिल छन । मुख्य गरि घरका जोखिम पुर्ण घरका भग्नाअबशेष हटाउने, पुरिएका सामानहरु निकालिदिने र अस्थायी बसोवासकालागी टहरा बनाउने कामहरु गरेका छन । आज सम्म सवै समुहले गरि करिव ५०० ओटाघरमा काम गरेका छन् । करिव ३०० ओटा घरका भग्नाअशशेष हटाउने र दुई सय बढि टहरा बनाएर हस्तान्तरण गरेकाछौ ।

निर्माणमा जुट्दा के के समस्य आइपरे ?

विभिन्न जिल्ला वाट साथिहरु आउनु भएको छ । नयाँ भुगोलमा भिज्न थोरै केही समय लाग्यो । जोखिम पूर्ण घरहरुमा कामगर्दा धेरै चुनौतिपूर्ण थियो । थाप्लेका जिफण्टका साथि घर लडेर काम गर्दै गर्दा पुरिनु भयो, तर सचेतपुर्वक कसो कसो निस्किनुभयो । सवै जनशक्ति तालिम प्राप्त थिएनन् । स्वयम सेवक भने पनि पार्टी को अगुवा सचेत र अगुवा कार्यकर्ता पंति हुन् , यी साना तीन आई पर्ने अप्ठ्यारोलाई हामिले अफ्ठ्यारोका रुपमा नलिएर जनताको सेवा गर्ने अवसरकारुपमा संकल्प का साथ स्वयम सेवक ले काम गरेको छ ।

पीडितले के के भन्नुभयो ?

पिडितहरु ले विपतमा एउटा असल सारथि पायौ, नेकपा (एमाले) माथि भरोशा र गर्भ भएको महसुस गरेका छन । हामिलाई दिल देखि नै धन्यवाद दिएका छन् ।

राज्यको सहभागीता कस्तो छ ?

राज्यको भुमिका रेश्क्युको चरण तुलनात्मक रुपमा शन्तोश जनक थियो । राहातको चरणमा विभेदकारी भयो र ढिलासुस्ती भयो । राज्यको कमजोर सामर्थ्य पुन उजागर भयो ।

प्रचार गरिएझैँ राहत सामग्री पुगेको छ त ?

प्रचार गरिएझै राहात सामाग्री पिडितको हातमा परेन, सत्ता, शक्ति र पहुँचको दुरुपयोग भयो । कशैलाई सामान थुपार्न भ्याई नभ्याइ भयो कतिले आज सम्म पनि त्रिपाल भेटेनन् यो निकै दुखद छ । भुकम्प गएको करिव महिना दिन भयो सवैलाई सुरक्षित त्रिपाल मुनि ल्याउन नसक्नु सरकार को कमजोरी हो । दोस्रो महिना नलाग्दै सुरक्षित अस्थायी छानोमुणी ल्याई सकेर पुनःनिर्माण को काममा लाग्नु पर्ने हो । तर सरकारको ध्यान त्यता देखिदैन । सरकारले निर्णय गरेको ५० हजार रुपैया अहिले सम्म जनताको हातमा परेको छैन ।

– चिसोकाकारण, बृद्व, दिर्घ रोगि , सुत्केरि महिला र बालबालिकाहरु विरामि परिरहेका छन् । करिव १४ जनाको त ज्यान गैसकेको छ ।
– चिउरि, कल्पत, पालि र अना पानिको वस्ति जोखिम छ । स्थानन्तरण को आवशयकता छ ।
– जाजरकोट को यो विपत र शोक लाई पुनःनिर्माणको एउटा अवसरमा बदलौ ।
– एकीकृत बस्ति विकासको राम्रो गृहकार्य गरौ ।
– सरकारले जाजरकोट , रुकुमको विशेष प्याकेज घोषणा गर्नु पर्यो । आर्थिक , सामाजिक कार्यक्रमहरु ल्याउनु पर्यो ।
– नयाँ घरका लागि प्रत्येक पिडित परिवारलाई न्युनतम पाँचलाख रुपैया दिने ब्यवस्था गर्नु पर्दछ । बैकको कर्जा बाट ब्यवशाय गरेका पूर्णः क्षति भएका ब्यवशायीहरुलाई रिण मा सौलियत दिने नीति लिनु पर्द छ ।





error: Content is protected !!