मेलाबाट फर्कदै गर्दा कुटपिटबाट एकको मृत्यु

जाजरकोट ः कुशे गाउँपालिका–२ धौलाईमा लाग्ने मेलामा यूवाहरुको बीचमा विवाद हुँदा एक जनाको मृत्यु भएको छ । मेलाबाट फर्कने क्रम्मा तीन जना यूवाहरुको कुटाइबाट कुशे गाउँपालिका – २ का जनक शाहीको मृत्यु भएको जाजरकोटका डिएसपी सन्तोष रोकाले जानकारी दिनुभयो । सुक्रबार राती शाहीको मृत्यु भएको खवर आए लगत्तै विहान प्रहरी घटना स्थल तर्फ गएको डिएसपी रोकाले जानकारी दिनुभयो ।





error: Content is protected !!