जिउँदो मान्छेको मृत्यु दर्ता गरी भत्तामा भ्रष्टाचार गर्ने वडा सचिवविरुद्ध मुद्दा

काठमाडौं ः रामेछापमा एक वडा सचिवले जिउँदो मान्छेको मृत्यु दर्ता गरी उनकी श्रीमतीलाई एकल महिला भत्ता खुवाएको खुलासा भएको छ।
मन्थली नगरपालिका ३ का तत्कालीन वडा सचिव शिव कुमार महतोले यस्तो किर्ते गरेका हुन्। महतोले स्थानीय निर्मला खत्रीसँगको मिलेमतोमा उनका जिवित श्रीमानको मृत्यु भएको भनेर मृत्यु दर्ता गरी उनलाई एकल महिला भत्ता उपलब्ध गराएका थिए।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शुक्रबार महतो र खत्री दुबै जनाविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको आयोगका प्रवक्ता भोला दाहालले जानकारी दिए।
उनीहरूले सरकारलाई ४५ हजार २ सय २० रूपैयाँ हानी नोक्सानी गरेको भन्दै सोही बराबरको बिगो अभियोगपत्रमा दाबी गरिएको छ।








