भूकम्पबाट प्रहरी कार्यालय भत्किएपछि त्रिपालबाटै काम गर्दै

  हेमन्त केसी
सुर्खेत , ७ मंसिर ः जाजरकोट बारेकोट गाउँपालिका–१ रामीडाँडा आसपासमा केन्द्र बिन्दु बनाएर कात्तिक १७ गते राती गएको भूकम्पले कर्णालीका ५४ वटा प्रहरी कार्यालयमा क्षती पुगेको छ । जिल्ला प्रहरी कार्यालय देखि अस्थायी प्रहरी चौकी सम्म भूकम्पले क्षती बनाएको कर्णाली प्रहरी प्रमुख डिआइजी भीमप्रसाद ढकालले जानकारी दिए । प्रहरी कार्यालयमा क्षतीपुँगै प्रहरीहरु त्रिपालको सहारामा खुल्ला आकाशमा बसेर काम गर्न बाध्य भएका छन् । आफैँ असुरक्षित भएका प्रहरीहरु जनताको सुरक्षा तथा जनधनको सुरक्षामा खटिएका छन् ।

उहाँका अनुसार जाजरकोटमा ३३ , रुकुम पश्चिममा १२ , सल्यानमा ३ , जुम्लामा ४ वटा , कालिकोटमा २ वटा प्रहरी भवनमा क्षती पुगेको प्रमुख ढकालले जानकारी दिए । जाजरकोटका जिल्ला प्रहरी प्रहरी कार्यालयको ४ वटा भवन भत्किएका छन् । १२ वटा इलाका प्रहरी कार्यालय , १० वटा प्रहरी चौकी , अस्थायी प्रहरी पोष्ट ६ वटा , जिल्ला टा«फिक कार्यालय १ वटा गरि जम्मा ३३ वटा भत्किएको ढकालले जानकारी दिए ।

रुकुम पश्चिममा जिल्ला प्रहरी कार्यालयमा १ वटा , इलाका प्रहरी कार्यालय २ वटा , प्रहरी चौकी ४ वटा , अस्थायी प्रहरी पोष्टमा ५ वटा गरी जम्मा १२ वटा भत्किएको छन् । त्यस्तै सल्यानमा इलाका प्रहरी कार्याय ३ वटा भत्किएका छन् । जुम्लामा जिल्ला प्रहरी कार्यालय १ , इलाका प्रहरी कार्यालय १ र प्रहरी चौकी २ गरि जम्मा ४ वटा भत्एिको प्रहरीको भनाई छ । कालिकोटमा जिल्ला प्रहरी कार्यालय १ र प्रहरी चौकी १ वटा गरि जम्मा २ वटा भत्एिको छ ।

भाडाको भरमा रहेको जाजरकोट भेरी नगरपालिका–१ अस्थायी प्रहरी पोष्ट, रावतगाउँ चर्किएको छ । त्यहाँका प्रहरीहरु अहिले खुल्ला आकाशमा त्रिपालको सहारामा बसेर दैनिक सेवा गरिरहेका छन् । सदरमुकाम खलङ्गामा रहेको जिल्ला प्रहरी कार्यालयको हालत पनि अन्य प्रहरी चौकीभन्दा फरक छैन । जिल्ला प्रहरी कार्यालय प्रहरी जवानहरु पाल टाँगेर बसेका थिए । जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी सन्तोष रोका आफैं पनि टेन्टमा बसिरहेका छन् । अन्यत्रको तुलनामा स्रोत, साधन भए पनि जिल्ला प्रहरी कार्यालयमा रहेको ८ मध्ये ७ वटा भवन चर्किएर बस्न नहुने भएको डिएसपी रोकाले जानकारी दिए । उनको अनुसार भर्खरै बनेको एउटा पक्की भवन मात्र बस्नलायक छ अन्य सबै बस्न नमिल्ने अवथामा रहेका छन् । जाजरकोटमा जिल्ला प्रहरी कार्यालय, २०३४ सालमा स्थापना भएको हो । भूकम्पबाट प्रभावित रुकुम पश्चिममा पनि प्रहरीको पुराना संरचना भत्किएर जीर्ण बनेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) नवराज भट्टराई बताउछन् ।

उनले भने , ‘पुरानो भवन पूरै चर्किएर बस्नै नमिल्ने भएको छ’ उनले भने, ‘आठबिसकोटमा भाडाको घरमा प्रहरी थियो, अहिले सबै बाहिर बसेका छन् ।’ प्रहरी चौकी, पुर्तिमकाँडा, सोलावाङ र सिम्ली पनि पूर्णरुपमा क्षतिग्रस्त भएको छ । अस्थायी प्रहरी पोष्ट साँख, स्यालाखदी, प्रहरी चौकी, पीपल, झुल्नेटा र इलाका प्रहरी कार्यालय चौरजहारीको संरचनामा पनि आंशिक क्षति पुगेको छ ।

जाजरकोटका प्रमुख जिल्ला अधिकारी सुरेश सुनारको निवास पनि भूकम्पले भत्काएको छ । भूकम्पमा ढुंगा झर्दा उहाँ आफैँ पनि घाइते भएर काममा खटिएका छन् । जिल्ला प्रशासन कार्यालयका पुराना संरचना बस्न नहुने भएका छन् । कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआईजी भीमप्रसाद ढकाल प्रदेशभर ३०८ वटा प्रहरी युनिट रहे पनि २५ प्रतिशत इकाइको मात्रै आफ्नो भवन छ । ७५ प्रतिशत सबै जोखिममा छन्, भाडामा लिइएका घरमा छन’ ढकालले भने, ‘भूकम्प प्रभावित क्षेत्रका धेरै प्रहरी कार्यालयहरु त्यही कारण अहिले पालमा बसेर सेवा दिइरहेका छन् ।’

कतिपय स्थानका प्रहरीसँग मोटरसाइकल समेत नभएको काम गर्न समस्य हुँदै आएको छ । भूकम्प गएलगत्तै समन्वय गरेर सुर्खेतबाट गाडीसहितको केही जनशक्ति थपेर काममा सहजता ल्याइएको छ । अर्काको सुरक्षा दिने प्रहरी आफैँ टेन्ट तथा त्रिपालमा बसेर जनताको सुरक्षा देखि उद्धारका कामहरुमा खटिएको छ ।

असहजतामा पनि राज्यका जनशक्तिहरु परिचालन हुनुपर्ने र सहजता ल्याउनुपर्ने बाध्यताकै बीचमा प्रहरीको सेवा सक्रिया बनाएको छ । भूकम्प प्रभावित क्षेत्रमा डिआइजी आफैँ पनि सहभागी भएर प्रहरीको अवस्था देखि अन्य उद्धार ,पूर्णस्थापना तथा अन्य बिभिन्न अवस्थाको अध्ययन गर्नुभएको थियो । अहिले प्रहरीहरु दैनिक भत्किएका संरचनाबाट बिभिन्न सामग्री निकाल्ने देखि अस्थायी संरचना निर्माणमा खटिएका छन् ।





error: Content is protected !!