बाबुरामको नेतृत्वमा एकता समायोजन समिति बनाउने नेसपाको निर्णय

काठमाडौँ । नेपाल समाजवादी पार्टीले माओवादी केन्द्रसहित बृहत् समाजवादी केन्द्र निर्माणका लागि अध्यक्ष डा बाबुराम भट्टराईको नेतृत्वमा एकता समायोजन समिति बनाएको छ ।
बुधबार भक्तपुरको जडिबुटीमा बसेको केन्द्रीय समिति बैठकले माओवादी केन्द्र लगायतका विचार, राजनीति मिल्ने राजनीतिक शक्तिहरूसँग एकता ध्रुवीकरण गर्न समिति बनाउने निर्णय गरेको हो ।
समितिमा अर्का अध्यक्ष महिन्द्र राय यादव, सहध्यक्ष गंगानारायण श्रेष्ठ, उपाध्यक्ष दुर्गा सोव, महासचिव रमेशप्रसाद यादव, कार्यकारिणी सदस्य जनकराज शाह रहने छन् । यस्तै बैठकले संगठन निर्माण, सुदृढीकरण गर्न यसअघि सञ्चालन भएको अभियान तीन महिना थपेको छ । वैशाखमा राष्ट्रिय सम्मेलन गर्ने निर्णय गरेको छ ।
यस्ता छन् केन्द्रीय समितिका निर्णयहरू
बृहत् समाजवादी केन्द्र निर्माणका लागि नेकपा (माओवादी केन्द्र) लगायतका विचार, राजनीति मिल्ने राजनीतिक शक्तिहरूसँग एकतारध्रुवीकरण गर्दै जान पार्टी अध्यक्ष डा. बाबुराम भट्टराईको संयोजकत्वमा अर्का अध्यक्ष महिन्द्र राय यादव, सहध्यक्ष गंगानारायण श्रेष्ठ, उपाध्यक्ष दुर्गा सोव, महासचिव रमेशप्रसाद यादव, कार्यकारिणी सदस्य जनकराज शाह रहने पार्टी एकतारध्रुवीकरण संयोजन समिति बनाउने निर्णय भयो ।
संगठनात्मक कार्ययोजना
क संगठन निर्माण तथा बिस्तार अभियानको समयावधि २ महिना थप गरी फागुन मसान्तसम्म पुर्याउने ।
ख सबै स्थानीय तहहरूको बैठक, समिति गठन र पुनर्गठन पुस मसान्तसम्म गरिसक्ने ।
ग मङ्सिर पुसमा वडा र पालिकाहरूको भेला, सम्मेलन सम्पन्न गर्ने ।
घ माघ(फागुनमा प्रदेशको सम्मेलन सम्पन्न गर्ने ।
ङ वैशाखमा राष्ट्रिय सम्मेलन सम्पन्न गर्ने ।
बैठकले २०८० कार्तिक १७ गते राति जाजरकोटको रामीडाँडा आसपास केन्द्र बनाई गएको भूकम्पमा ज्यान गुमाएकाहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछ । भूकम्पमा परी घाइते भएकाहरूको उपचार, भूकम्प पीडितलाई राहत र पुनर्स्थापनाका लागि नेपाल सरकारलाई अनुरोध गर्दछ ।



