कर्णाली प्रतिष्ठान र मलेसियाको सनवे मेडिकल सेन्टरबीच सहकार्य

काठमाडौं ः कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र मलेसियाको सनवे मेडिकल सेन्टरबीच सम्झौता भएको छ। मंगलबार मलेसियामा आयोजित कार्यक्रममा प्रतिष्ठानका तर्फबाट उपकुलपति डा‍  मंगल रावल र सेन्टरका तर्फबाट अध्यक्ष डा लाउ बेन लोङ्गले सम्झौतामा हस्ताक्षर गरे।

सम्झौतासँगै ती दुई स्वास्थ्य सेवा प्रदायक सस्थामा कार्यरत जनशक्तिबीच सहकार्य हुनेछ। मलेसियाका लागि नेपाली राजदूत डिल्लीराज पौडेलले सम्झौता नेपालको दुर्गम जिल्लामा स्थापित प्रतिष्ठानका लागि सहयोगी बन्ने बताए।





error: Content is protected !!