हुम्लाका डीएसपी भट्टराई अनुसन्धानका लागि प्रदेश तानिए

सुर्खेत ः जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नयाव उपरीक्षक (डीएसपी) भीमलाल भट्टराई कारवाहीमा परेका छन् । भट्टराईलाई कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेत तानिएको छ । प्रहरी उच्च स्रोतका अनुसार मदिरापान सेवन गरी एक महिलामाथी दुव्र्यवहार गरेको उजुरी परेपछि उनीमाथी थप अनुसन्धानका लागि प्रदेश तानिएको हो ।
कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी नायव महानीरिक्षक (डीआईजी) भीमप्रकास ढकालले भट्टराईलाई हुम्ला प्रहरीको जिम्मेवारीबाट हटाएर अनुसन्धानका लागि प्रदेश तानिएको बताएपनि यस बारे उनी थप खुल्न चाहेनन् । भट्टराई माथी थप अनुसन्धान भइरहेको डीआईजी ढकालको भनाई छ ।



