बाली टापुमा खडेरीका कारण आपतकाल घोषणा

इण्डोनेसियाको प्रख्यात रिसोर्ट टापु बाली प्रान्तको क्षेत्रीय सरकारले खडेरीका कारण आपतकालीन सतर्कता घोषणा गरेको छ।

बाली प्रान्तका कार्यवाहक गभर्नर साङ मेड महेन्द्रले बिहीबारदेखि १४ दिन अगाडि विपद् आपतकालीन पूर्वतयारीको स्थिति कायम गर्ने निर्णय गरेका हुन्।

बालीमा जुलाईदेखि अक्टोबरसम्मको विषम मौसमी अवस्थाका कारण प्रान्तको राजधानी डेनपसारलगायत १० वटा क्षेत्रका ११३ गाउँमा शुद्ध खानेपानीको अभाव भएको र जंगलमा आगलागी भएकाले स्थिति प्रतिकूल रहेको महेन्द्रले बताए।

खडेरी परेका क्षेत्रमा सहयोग उपलब्ध गराउने र मौसमलाई अनुकूल पार्न आवश्यक उपकरण तयार गर्नेलगायतका कार्य अगाडि बढाएको र बलिरहेको आगो निभाउने प्रयास गरेको उनले बताएका छन्।





error: Content is protected !!