हजारौँ प्यालेस्टाइनी बाँच्नका लागि कठिन संघर्ष गर्दै

काठमाडौं ः इजरायलको चेतावनीपछि उत्तरी गाजाबाट दक्षिणी गाजा पुगेका हजारौँ प्यालेस्टाइनीले बाँच्नका लागि कठिन संघर्ष गर्नुपरेको छ। इजरायलको लगातारको आक्रमणका बीच दक्षिणी सहर पुगेका व्यक्तिहरु झण्डै एक हप्तादेखि भोकै छन्। उनीहरुले त्यहाँबाट कतै जान नपाएको र खान नपाएको तथा सुरक्षित रुपमा बस्न नपाएको बताएका छन्। उत्तरी गाजाबाट झण्डै ५ लाख मानिस दक्षिणी गाजा पुगिसकेका छन्।

इजरायली सेनाले उत्तरी क्षेत्रमा हवाई, जमिन र समुद्रबाट आक्रमण थालेको छ। यसैबीच इजरायली हवाई आक्रमणमा इजरायलमा मृत्यु हुनेको संख्या २ हजार ८ सय ७ पुगेको छ। इजरायलमा १४ सय मारिएका छन् । योसँगै दुवैतर्फ गरी मृत्यु हुनेको संख्या ४२ सय र घाइते हुनेको संख्या साढे १० हजार पुगेको छ। इजरायल र हमासको लडाईँको बीच अमेरिकी राष्ट्रपति बाइडेन इजरायल जाने भएका छन्।





error: Content is protected !!