कर्णालीमा तुइन तर्ने क्रममा हुम्लामा एकजना बेपत्ता

सुर्खेत ः हुम्ला कर्णाली नदिमा लगाइएको तुइन तर्ने क्रममा तुइन तर्ने क्रममा एक जना बेपत्ता भएका छन् । जिल्लाको सर्केगाड गाउँपालिका २ रिपस्थित ल्याप्चे घाटमा लगाइएको तुइन तर्ने क्रममा शनिबार तुईनको डोरी चुँडिदा मुगु जिल्ला सोरु गाउँपालिका ५ नेर गाउँका ३८ वर्षीय मक्कर सिंह नेपाली कर्णाली नदिमा बेपत्ता भएका हुन् ।

बाटो काट्दा छोटो हुने भएको भन्दै निर्माणाधिन कर्णाली कोरिडोरको ल्याप्चेमा नेपाली सेनाले लगाएको तुइन तर्ने क्रममा नेपाली शनिबार बेपत्ता भएको नेपाली सेना कर्णाली कोरिडोर निर्माण कार्यदल सुनाखाडालाई उदृत गर्दै बराहदल गुल्म रानीवनका गुल्मपति सेनानी दिनेश खड्काले जानकारी दिनुभएको छ ।

कर्णाली करिडोरको ग्युसी छारे खण्डको छारे भिरमा सडक निर्माणको काम गर्न मुगुबाट आएका नेपाली काम सकेर बासस्थान तिर जाने क्रममा शनिबार साँझ ६ बजे ल्याप्चेमा रहेको तुईनबाट खसेर कर्णाली नदीमा बेपत्ता भएको सेनानी खड्काले बताए । यस घटनाबारे अहिलेसम्म कुनै पनि जानकारी नआएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।





error: Content is protected !!