केन्द्रीय प्रशारण लाइन नपुगेको ठाउँमा सौर्य मिनिग्रेट निर्माण हुँदै

जाजरकोट /  ः कुशे गाउँपालिका–८ चाल्लामा सौर्य मिनिग्रेट निर्माण हुन भएको छ । केन्द्रीय प्रशारण लाइन तत्काल पुर्याउन नसक्ने ठाउँमा विद्युतीकरण गर्ने उदेश्यले ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री शक्तिबहादुुर बस्नेतले कुशे गाउँपालिका–८ चाल्लामा सौर्य मिनिग्रेट निर्माण हुन लागेको बताउनुभयो ।

८५ किलोवाट क्षमताको विद्युत उत्पादन गरि यहाँका सर्बसाधारणलाई उज्यालो दिने उदेश्यले ठेक्का खोलिएको मन्त्री बस्नेतले बताउनुभयो । चाल्चामा सौर्य मिनिग्रेट निर्माण गर्नका लागि बैकल्पिक उर्जा प्रर्वद्धन केन्द्रले ठेक्का खोलेसँगै यस क्षेत्रका सर्बसाधारणहरु खुसी भएका छन् । कुशेमा केन्द्रीय प्रशारण लाइनको विद्युत पुग्न नसकेको ठाउँ मध्यमा पर्दछ । यो भन्दा अगाडी कुशे ८ कै ठाँटीचौरमा समेत मिनिग्रेट निर्माण भएर विद्युत सेवा सूचारु भइसकेको छ ।

जुनिचाँदे गाउँपालिकाको जुनी सौर्य मिनिग्रिड आयोजना (३५ किलोवाट) कुशे ठाँटिकाँध सौर्य मिनिग्रिड आयोजना १६० किलोवाट निर्माण सम्पन्न भएका छन् । नलगाड नगरपालिका– ८ मसिरी सौर्य मिनिग्रिड आयोजना १८ किलोवाट निर्माणाधीन अवस्थामा रहेको छ । बारेकोट गाउँपालिका–५ तोलखानामा १७० किलोवाटको सौर्य मिनिग्रेट विद्युत उत्पादन भएर सूचारु भएको छ ।

जिल्लालाई दुइ वर्ष भित्र पुर्ण विद्युतीकरण गर्ने उदेश्यले तीन अर्बको ठेक्का लागेर चार ठाउँमा सब स्टेशन समेत निर्माण कार्य जारी रहेको छ । पश्चिम जाजरकोटका लागि बडाबन , पुर्वी जाजरकोटका लागि चौखा , मध्य जाजरकोटका लागि समाइलामा सव स्टेशन निर्माण कार्य जारी रहेको छ । कुदु सव स्टेशन निर्माण कार्य सम्पन्न भइसकेको छ भने चौखाको अन्तिम चरणमा पुगेको छ ।





error: Content is protected !!