स्थानीय तह आफूखुसी चलेको जिल्ला समन्वय समितिको निष्कर्स


मोहन जंग शाही
जाजरकोट ः जिल्ला समन्वय समितिले स्थानीय तहहरु आफूखुसी चलेको आरोप लगाएको छ । आफू सरकार भएको भन्दै बजेट देखि नीति नियम बनाउने अधिकार आफूसँग भएको भन्दै कसैलाई नटर्ने गरेको आरोप लगाएको छ । आज भएको पत्रकार भेटघाट कार्यक्रममा यही विषयले चर्चा पाएको थियो । आशन्न १४ असोजमा हुन गइरहेको जिल्लाको समीक्षामा स्थानीय तहको काम गर्ने तरिकामा विषयमा व्यापक छलफल हुने भएको जिल्ला समन्वय समितिका प्रमुख कालीबहादुर खत्रीले बताए । आफैँ धामी तथा बोक्सी भएको भन्दै भारी मात्रामा करप्सन भएपनि रोक्ने निकाय नभएको भन्दै चिन्ता व्यक्त गरिएको थियो ।

कार्यक्रमको सहजीकरण जिल्ला समन्वय समिति जाजरकोटका सदस्य खड्क विसीले गरेका थिए । जिल्लामा क्रियाशिल पत्रकारहरुलाई स्वागत गर्दै, जाजरकोटका राम्रा नराम्रा सबै समाचाहरु लेख्न आग्रह गरे । अब यहाँ हुने कालोबजारी, भ्रष्टाचार, अनियमिता सबैलाई रोक्न सबैले खबरदारी गर्नुपर्ने सदस्य विसीले बताए ।





error: Content is protected !!