मुडकेचुला गाउँपालिकाले अघिल्लो आर्थिक वर्षको समिक्षा ,नयाँ आबको कार्यान्वन सम्वन्धि छलफल

डोल्पा ः मुडकेचुला गाउँपालिकाले आर्थिक वर्ष २०७९/८० को समीक्षा गरेको छ । जिल्लाका सबै पालिकालाई उछिन्दै पहिलो भएको स्वास्थ्य शाखाको उच्च मूल्यांकन समेत गरिएको प्रमुख प्रशासकीय अधिकृत रेशम महताराले बताए । पालिकाले बिनियोजन गरेको २०८०/८१ को बजेट कार्यान्वनको गर्ने विषयमा समेत व्यापक छलफल भएको छ ।

पालिका भित्रका सबै शाखाका कर्मचारीको सहभागीतामा उक्त कार्यक्रम गरिएको थियो । संमृद्ध मुडकेचुला बनाउका लागि सबै एकजुट भएर लाग्नुपर्नेमा सबैको जोड रहेको थियो । २०८०/८१ मा तर्जुमा भएका वार्षिक बजेट तथा कार्यक्रमहरुको कार्यन्वयन कार्ययोजना निर्माणका विषयमा व्यापक छलफल भएको बताएको छ ।





error: Content is protected !!