मध्यपश्चिम विश्वविद्यालय कृषी संकायमा अध्ययनरत विद्यार्थी द्वारा क्यम्पसमा तालाबन्दी

सुर्खेत : कर्णाली प्रदेशको राजधानी सुर्खेतको भेरिगंगा नगरपालीका ११ रामघाट स्थित मध्यपश्चिम विश्वविद्यालय कृषि संकायमा अध्ययनरत विद्यार्थी द्वारा क्याम्पसमा तालाबन्दी गरिएको छ । विद्यार्थीहरुलाई रामघाटमा पढ्न सहज वातावरण नबनेपछि बिद्यार्थीहरुले असोज ७ गते देखि क्याम्पस तालाबन्दिको घोषणा गरेका हुन् ।

मध्यपश्चिम विश्वविद्यालयले सुर्खेतको वीरेन्द्रनगरमा कृषि संकायको लागि भौतिक संरचना नबनेको कारण बिद्यार्थीहरुलाई भेरीगंगा ११ मा पर्ने रामघाटको त्रिभुवन विश्वविद्यालयको आंगिक क्याम्पस हिम शिखर बहुमुखी क्याम्पसको भवनमा पठनपाठन गराउँदै आइरहेको छ ।

पठनपाठन को क्रममा बिद्यार्थीलाई चाहिने स्रोत, साधन देखि लिएर अन्य सामग्री सहितको व्यवस्था नगरे पछि विद्यार्थी हरु आन्दोलनमा उत्रिएका हुन् ।

आन्दोलनको क्रममा विद्यार्थीहरुले  मान्दैनौं कसैले हार GSAF वीरेन्द्रनगर सार  जस्ता प्लेकार्ड देखाई प्रदर्शन गरिरहेका छन् ।

विद्यार्थी हरुलाई प्राक्टिकलको लागि समेत श्रोत साधन हरु छैन , नत विद्यार्थी हरुले रामघाटमा सुरक्षित को प्रत्याभूति नै गरिरहेका छन् । आन्दोलन का संयोजक ईश्वर बुढाथोकीले भने  एउटा सामान्य बैंकिङ कारोबार गर्न समेत वीरेन्द्रनगर धाउनु पर्छ , सुरुमा भर्ना गर्दा प्रहरि बिट देखि लिएर सम्पूर्ण व्यवस्था हुन्छ भनेर भर्ना भयौ तर अहिले त्यस्तो केही सुविधा छैन  ।

झण्डै एकसय जना विद्यार्थी अहिले क्याम्पसमा अध्ययनरत छन् । विश्वविद्यालयले कृषि संकायमा अध्ययनरत विद्यार्थीको भविष्य माथि खेलवाड गर्न खोजेको आन्दोलनरत विद्यार्थी तिलक सुवेदीले बताए ।

आन्दोलनरत बिद्यार्थीले  स्टुडेन्ट वेलफेयर कमिटीू द्वारा विज्ञप्ति जारी गरी रामघाटमा बस्नको सुरक्षाको लागि धेरै जोखिम भएको , क्याम्पसमा अध्ययन र प्राक्टिकलको कुनै सुबिधा नभएको , क्याम्पसमा होस्टेल व्यवस्था नभएको , घर भाडामा बस्दा घरबेटीले मनपरी ढंगले भाँडा असुल्ने गरेको , शिक्षकहरु कोही कसै नबस्दा विद्यार्थीको सुरक्षाको ठेगान नभएको , स्वच्छ खानेपानीको व्यवस्था नभएको , एकवर्ष हुँदा पनि विद्यार्थीको परिचय खुल्ने गरी कुनै पनि परिचय पत्र नदिएको जस्ता १० बुँदे माग सहीत विज्ञप्ति जारी गरेका छन् ।

उता क्यापस प्रशासनले विद्यार्थीको सम्पूर्ण माग जायज भएको र चाँडै नै विद्यार्थीको माग लाई पूरा गरी क्याम्पसमा लगाएको ताला खुलाउने प्रयास भै रहेको बताएको छ ।

क्याम्पसका कोर्डिनेटर डा. करण सिंह धामीले आज विश्वविद्यालयका प्रमुख सहितको टोली आएर बिद्यार्थी सग शान्तिपूर्ण वार्ता गर्ने गरी तयारी भइरहेको बताएका छन् । विद्यार्थी संगको वार्तालाई आजै टुंग्याएर भोली देखी पुनः नियमित पठनपाठन सुरु हुने पनि कोर्डिनेटर धामीले बताए ।





error: Content is protected !!