प्रहरीद्धारा शारिरीक रुपमा अशक्तलाई ह्विल चियरको व्यवस्था

तस्वीर ः मोहन जंग शाही
जाजरकोट , ७ असोज ः शारिरीक रुपमा अशक्त रहेका नागरिकलाई सेवा दिनका जिल्ला प्रहरी कार्यालयले ह्विल चियर मार्फत सम्वन्धित अधिकारी समक्ष पुग्ने व्यवस्था गरिएको छ ।

प्रहरी कार्यालयको प्रवेशद्धारबाट नै ह्विल चियर मार्फत नागरिक सहायता कक्षबाट समस्यको प्रकृति अनुसार मुद्धा हेर्ने अधिकारी समक्ष पुग्नका लागि ह्विल चियरको व्यवस्था गरिएको जिल्ला प्रहरी कार्यालय ,जाजरकोटका प्रमुख ९ डिएसपी० सन्तोष रोकाले बताए । अहिले सम्म दर्जन बढी शारिरीक रुपमा अशक्त व्यक्तिलाई ह्विल चियर मार्फत मुद्धा सुन्ने अधिकारी समक्ष पुर्याएर सेवा प्रवाहमा सरलता कायम गरिएको उनले बताए । बारेकोट गाउँपालिका –९ बाट सेवा लिन आएका धनकुमारी कामीले ह्विल चियर मार्फत गुनासो सुन्ने अधिकारी समक्ष सजिलै प्रहरीले नै पुर्याउदा आफू खुसी भएको बताइन ।

खुट्टामा समस्य भएका कारण सेवा लिने ठाउँ सम्म जान मुस्किल हुने अडकल गरेकी कामीले उकालो बाटोमा पनि सजिलै ह्विल चियरको सहायतामा प्रहरीले नै पुर्याउदा अनौठो लागेको बताइन् । प्रहरीले प्रवेशद्धार नजिकै नागरिक सहायता कक्ष स्थापना गरि समस्य सुनेर सोही अनुसारको पास उपलब्ध गराएर सम्वन्धित अधिकारी समक्ष पुर्याउने व्यवस्था गर्दै आएको छ । यो गर्दा समस्यको सही पहिचता तथा समयको बचत हुने प्रहरीको बुझाइ छ ।

सहायता कक्षमा महिला , बालबालिका तथा जेष्ठ नागरिक सहयोग कक्ष , दलित समन्वय कक्ष र उजुरी कक्ष स्थापना गरिएको छ । कसलाई के समस्य हो , त्यो व्यक्तिलाई सोही कक्षमा लिएर समस्यको समाधान हुने गरेको डिएसपी रोकाले बताए । त्यस्तै हिरासतमा समेत पुस्तकालयको व्यवस्था गरिएको छ । हिरासतमा बसेका बन्दीलाई पुस्तक पढन मन लागेमा सोही पुस्तकालयबाट किताब मागेर पढन सक्ने अवस्था रहेको प्रहरीले जनाएको छ ।

केही महिना अघि जिल्लाका सबै ठाउँका घरमा पुगेर नागरिकका गुनासा सहितको सबै बिवरण टिपेर ल्याइ समस्यको बर्गीकरण गरेको थियो । बर्गीकरण गरिएका समस्यलाई सम्वन्धीत व्यक्ति समक्ष पठाएको प्रहरीले जनाएको छ । ति गुनासाहरु जनप्रतिनिधि देखि अन्य सरोकार राख्ने सबै निकायका रहेको प्रहरीको भनाई रहेको छ । त्यसपछि दोस्रो चरणमा घर घर पुगेर प्रहरीले आफ्नो फोन नम्वर सहितको विवरण टाँस गरि अर्को चरणको अन्तरक्रिया समेत गरेको थियो । कसैलाई अन्याय नहोस भन्दै प्रहरीले सबै व्यक्ति न्यायको पहुँचमा पुर्याउनका लागि आफूहरु घर,घर पुगेको बताएको छ ।

पत्रकार समक्ष आज अन्तरक्रिया गदै जिल्ला हुने सबै खालमा समस्य प्रति प्रहरी जिम्मेवारी बोधका साथ लागेको भन्दै डिएसपी रोकाले आम नागरिकको समस्य नै प्रहरीको समस्य भएको बताए । कुनै हालतमा पनि राज्य विहीनता हुन नदिने भन्दै सबैका गुनासोको समाधान गरि न्यायको प्रत्यभूति गराउनु प्रहरीको दायित्व भएको समेत बताए । प्रहरीका सबै इकाइमा नागरिकका गुनासाहरु भरपुर रुपमा सुनेर सम्वोधन गर्न आग्रह गरिएको बताएको छ । ठुला राजमार्गको बीचमा जाजरकोट पर्ने भएकाले पनि सबै खालका गतिबिधिहरु यहाँ हुने गर्दछन् ।





error: Content is protected !!