हिमालपारिको गाउँ लिमीको लाप्चा क्षेत्रबाट मानसरोवर कैलाशको दूरदर्शन गर्ने पर्यटक बढ्दै

सिमकोट ः नाम्खा गाउँपालिका–६ हिमालपारिको गाउँ लिमीको लाप्चा क्षेत्रबाट मानसरोवर कैलाशको दूरदर्शन गर्ने आन्तरिक तथा बाह्य पर्यटकको संख्या बढ्दै गएको छ। मौसममा सुधार भएसँगै पाँच हजार मिटर अग्लो स्थान लाप्चाबाट मानसरोवर कैलाश स्पष्ट देखिने भएकाले पर्यटकको संख्या बढ्दै गएको हो।

लिमीका स्थानीय कुन्चोक लामाले आन्तरिक र बाह्य गरी सय जना पर्यटकले एकै दिनमा लाप्चाबाट मानसरोवर कैलाशको दर्शन गरेको बताए।

मौसम सफा भएका बेला स्पष्ट रुपमा मानसरोवर कैलाश देखिने भएकाले एक महिनायता पर्यटकको संख्या बढेको हो।
सिजन सुरु भएकाले पर्यटक भित्रिने संख्या बढ्ने विश्वास गरिएको छ।

लिमीका वडाध्यक्ष पाल्जोर तामाङले हालसम्म ३ सय ३५ जना आन्तरिक तथा बाह्य पर्यटकले लाप्चाबाट मानसरोवर कैलाशको दूरदर्शन गर्न सफल भएको जनाए।

उनका अनुसार दूरदर्शन गर्ने पर्यटकमा एक जना बाह्य र २३५ आन्तरिक पर्यटक छन्। केही दिनअघि भारतीय जग्गी वासुदेव ९सदगुरु० सहितको ७० जना बाह्य पर्यटकले दूरदर्शन गरेका थिए।

उनको समूहका लागि दुई वटा बस, १७ वटा बोलेरो जिप र दुई वटा ट्याक्टर प्रयोग गरिएको थियो। सिमकोटदेखि लाप्चासम्म सडक सञ्जाल जोडिएका कारण सबै पर्यटक पैदल मार्गबाट गएका हुन्।

लाप्चाबाट पर्यटकले मानसरोवर कैलाशको दर्शन गरेपछि सिमकोटका होटल, यातायात व्यवसायी, लिमीको तुम्लिङका होटल व्यवसायी लाभान्वित भएका छन्।

हिमपात नभए आगामी कात्तिमसम्म पर्यटक लाप्चाबाट दूरदर्शन गर्न सकिन्छ। गत वर्ष लाप्चाबाट एक हजार पाँच सय पर्यटकले मानसरोवर कैलाशको दर्शन गरेका थिए।





error: Content is protected !!