कालिकोटमा बाख्रा चराउन गएकी एक महिलाको भीरबाट लडेर मृत्यु

सुर्खेत ः कालिकोट पचालझरना गाउँपालिकामा बाख्रा चराउन गएकी रतना रोेकायाको भीरबाट लडेर मृत्यु भएको छ । उनी सोहि गाउँपालिका वडा नं. ४ राम्नाकोट निवासी हुन् ।

घर नजिकैको बनमा बाख्रा चराउन गएको बेला दिउँसो १२ बजे भीरबाट लडेर रोकायाको मृत्यु भएको सोहि वडाका वडा अध्यक्ष अनरुप रोकायाले जानकारी दिए

‘उहाँ घर नजिकैको बनमा बाख्रा चराउन जानु भएको थियो करिब १२ बजे तिर २ सय मिटर तल खसेर उहाँको मृत्यु भइसकेको रहेछ,’ ‘वडा अध्यक्ष रोकायाले भने,’ ‘घर परिवार र गाँउमा साँझ तिर तिर मात्र थाहा भयो ।

वडा अध्यक्ष रोकायाका अनुसार मृतक रोकायाको आज शुक्रवार दाहसंस्कार गर्ने तयारी रहेको छ ।




सम्बन्धित समाचार


error: Content is protected !!