भेरी नदीमा पुल बन्छ ः मन्त्री ज्वाला

जाजरकोट ः भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले मध्य पहाडी लोक मार्ग अन्तर्गत भेरी नदीमा पुल बन्ने बताउनु भएको छ ।

मध्य पहाडी लोक मार्ग अन्तर्गत रुकुम पश्चिम चौरजहारी र कुदूँ जोड्ने पुल आठ वर्षसम्म निर्माण नगरेपछि ठेक्का सम्झौता रद्द गरी नयाँ पुल निर्माणका लागि नयाँ ठेक्का सम्झौताको तयारी गरेको मन्त्री ज्वालाले जाजरकोटमा पत्रकारहरूसँग बताउनु भयो । उहाँले मध्यपहाडी लोक मार्ग, भेरी कोरिडोर, निर्माण व्यवसायीले अलपत्र पारेको पुललाई प्राथमिकतामा राखेको बताउनु भयो ।





error: Content is protected !!