बजेट आफू निकटलाई बाँडेको भन्दै वडा कार्यालयमा ताला

जाजरकोट ः बजेट बिनियोजन आफू खुसी गरेको भन्दै नलगाड ६ को वडा कार्यालयमा तालाबन्दी गरिएको छ । आमा समुहले र माओवादी केन्द्र वडा समितिले वडा कार्यालयमा तालाबन्दी गरेको हो । विगत लामो समय देखि काम गर्दै आएका समुह , संस्थालाई बजेट बिनियोजनमा पूर्वाग्रही भई आफू निकट संस्था गठन गरेर मन परी बजेट बिनियोजन गरेको वडाध्यक्ष माथी आरोप लगाउदै तालाबन्दी गरिएको छ ।
बजेट न्यायोचित रुपमा बितरण नभए सम्म ताला नखुल्ने आन्दोलनकारीले बताएका छन् । सेवा प्रवाह समेत वडा कार्यालयबाट नगरी घरबाट सञ्चालन गरेको आरोप समेत वडाध्यक्षलाई लागेको छ । सो वडा नेकपा एमालले जितेको छ । थाप्ला ,भारगाउँ , गर्छीनाका सर्बसाधारणले वडामा तालाबन्दी गरेका हुन् ।









