बेपत्ता मेजर पण्डितको १६ दिनपछि चिण्ढेबगरस्थित भेरीनदिको किनारमा शब फेला

सुर्खेत ः सोह्र दिन देखि बेपत्ता रहेका डोल्पाको दुनैस्थित नन्दबक्स ब्यारेकमा कार्यरत नेपाली सेनाका सेनानी विमल पण्डितको मंगलवार भेरीनदिमा शब फेला परेको प्रहरीले जनाएको छ । त्रिपुरासुन्दरी नगरपालिका ५ करबगाडस्थित चिन्ढेबगर नजिक भेरीनदिको किनारमा मेजर पण्डितको शब फेला परेको हो ।भेरीनदिमा माछा मार्न जालखेल्दै जानेक्रममा विहान ६ बजेतीर त्रिपुरासुन्दरी ५ का परिमल भनिने सिबमल सार्कीले चिण्ढेबगरस्थित भेरीनदीको किनारमा लाश देखेपछि खदाङ्गस्थित प्रहरी चौकीमा खवर गरेका थिए ।दुईओटा ढुङ्गाको खोल्सामा ठूलो शरिर भएको वाँया हातमा घडि र दायँ हातको कान्छी औलामा औठी देखेपछि आफूले बेपत्ता मेजर हुनकी भनेर जाल खेल्न छाडेर चौकीमा पुगेर खवर गरेको सिबमल सार्कीले बताउनु भयो ।
सार्कीले खवर गर्ने वित्तिकै खदाङ्ग प्रहरीले जिल्ला प्रहरी कार्यालयमा खवर गरेलगत्तै प्रहरी नायव उपरिक्षक शिब बुढाथोकीको कमाण्डमा उद्धार सामग्री सहित नेपाली सेनाका मेजर रवि शाहको टोली शब फेला परेको चिण्ढेबगरमा पुगेको थियो । प्रनाउ शिबबुढाथोकीको टोली पुगेको केहि समयपछि रामबाण गुल्मका गुल्मपती ध्रुब्र कार्कीको टोली समेत शब प्राप्त ठाउँमा पुगेपछि भेरीनदिको किनारमा ढुङ्गाको खोचमा रहेको शब बाहिर निकालेर सम्पुर्ण तरिकाबाट हेर्दा र मेजर पण्डितकले लगाएका घडि औठीबाट शब बेपत्ता मेजरको भएको पुष्टि भएको घटनास्थलमा पुगेका प्रहरी नायव उपरिक्षक शिब बुढाथोकीले बताउनु भयो ।
शब फेला परेको ठाउँबाटै प्रत्यक्ष दर्शि लगायतका स्थानीयहरु समेतको उपस्थितीमा फेला परेको शबको मुचुल्का उठाई पोष्टमार्टमको लागि जिल्ला अस्पताल दुनैमा लगिने तयारी भइरहेको पनि प्रहरी प्रमुख बुढाथोकीले बताए । सब पहिचानको लागि मेजर पण्डितका दाइ कुमार पण्डित समेत घटनास्थलमा पुग्नु भएको थियो ।काठमाण्डौस्थित कागेश्वरी मनोहरा नगरपालिका डाँछी घरभई डोल्पामा कार्यरत ३८ वर्षीय मेजर पण्डित भदौ १० गते अपरान्ह ४ बजेवाट बेपत्ता भएका थिए ।









