१६ दिन पछि खदाङमा भेटिएकाे सव कसकाे हाेला ?

डोल्पा ः १६ दिन देखि वेपत्ता रहेका डोल्पा स्थित नन्द बक्स ब्यारेकमा कार्यरत ३८ बर्षिया मेजर बिमल पण्डितको खोजि जारि रहेको बेला आज विहान त्रिपुरासुन्दरी नगरपालिका–५ खदाङ स्थित भेरी नदीमा एक शव फेला परेको छ ।

काठमाण्डौ स्थित कागेश्वरी मनोहरा नगरपालिका डाछी घर भई हाल डोल्पामा कार्यरत मेजर पण्डित सम्पर्कविहीन भएको स्रोह सम्मा खोजी कार्य जारी राखेको टिमले एक  सब पत्ता लगाएको डोल्पाका प्रमुख जिल्ला अधिकारी भुमिश्चर पोख्रेलले जानकारी दिए । पानिमा रहेका कारण कसको हो पत्ता लगाउन मुस्किल भएको उनको भनाई छ ।

शवलाई पोष्टमाडमाका लागि जिल्ला अस्पताल डोल्पा ल्याउन लागिएको उनले बताए । इभिनिङ् वाक जान्छु ,भन्दै भदौ १० गते हतारहतारमा साझ पख, गुल्म छोडेका मेजरले आधा महिना सम्म कुनै जानकारी नआउदा परिवार चिन्तामा रहेका छन् । केहि दिन अघि एक महिलाको शव समेत फेला परेको छ ।





error: Content is protected !!