कसरी चलिरहेको छ ? कर्णालीमा माओवादी विशेष रुपान्त्रण अभियान (छोटो सम्वाद)

नेकपा ( माओवादी केन्द्र) ले सञ्चालन गरेको तीन महिने अभियानले कर्णालीमा के प्रभाव पारेको छ । माओवादी बलियो भनेर चनिने कर्णालीमा अहिले चलेको अभियानले के प्रभाव पार्छ भन्ने विषयमा केन्द्र्रीत रहेर नेकपा ( माओवादी केन्द्र) का स्थायी कमिटिका सदस्य कालीबहादुर मल्लसँग गरिएको कुराकानी सार संक्षेप ।

कर्णालीमा माओवादी अभियान कसरी चलिरहेको छ ?

  •  केन्द्रीय नीति अनुसार प्रदेशका सबै वार्डहरुमा एकसाथ अभियान चलेको छ भौगोलिक बिकटा भएका केही ठाउँ अलि ढिला गरेर अभियान सुरु भयो।

खेतिपातीको समयमा यो अभियान कसरी सफल होला ?

  •  खेतिको समय भएको अभियानका कार्यक्रम त्यहि रुपका तय गरिएको छ ।

 अभियानमा जाँदै गर्दा जनताको प्रतिक्रिया के पाउनुभयो ?

 टुट्दै गरेको विश्वास जाग्न थालेको प्रारम्भिक प्रतिक्रिया छ ।

कर्णालीकै बौद्धिक नेता हुनुको नाताले यहाँले बुझेको कर्णाली , खास कर्णाली निर्माण नहुनुको पछाडी के छ ?

  • लामो समयदेखि केन्द्रीय सत्ता उत्पिडन को मार खेपेको कर्णाली संघिय गणतन्त्र को आगमन पछि उन्मुक्ति सास फेर्दै छ।आवश्यकता धेरै छन् । अब पछाडि पर्ने भन्ने हुदैन ।केन्द्रित सता ले खनेको खाडन गणतन्त्र ले पुर्नु पर्दा गतिमा केही ढिला भएको।

माओवादीका तल्ला स्तरका नेता मात्र रुपान्तरण हुने कि सत्तामा भएका व्यक्ति पनि रुपान्तरण हुनुपर्छ ?

  • यो अभियान नै केन्द्र तर्फ सोझिएको भन्ने बुझ्नु जरुरी छ।जाम भएको फिल्ड होईन माथि हो ।

सत्ता र पार्टी बीचमा किन तालमेल मिलेन ?

: केही समस्या छन तर यो अभियानको सिलसिलामा एकरुपतामा आउँछ फेरि पनि त्यति अन्तर नै परेको होईन ।





error: Content is protected !!