लुम्बिनी प्राविधिक विश्वविद्यालय ः आयो सञ्चालनमा लुम्बिनी , कर्णालीले लाभ लिने

कुशल दर्लामी
बाँके ः लुम्बिनी प्राविधिक विश्वविद्यालय नेपालगन्जले नयाँ शैक्षिक सत्र देखि कक्षा सञ्चालनमा ल्याउने भएको छ । प्राविधिक धारतर्फ स्नातक तहमा बि टेक ईन आई टि र बि टेक इन सिएस एण्ड आई टि पढन चाहेने विद्यार्थीहरुका लागि नयाँ शैक्षिक सत्रमा भर्ना अभियान सञ्चालन गरेको हो । प्राविद्यिक धार तर्फको कक्षा पढनका लागि देश नै छोडनु पर्ने बाध्यतालाई हल गर्न लम्बिनी प्राविद्यिक विश्वविद्यालयले प्रदेश भित्र नै पढाई सुरु गरेको छ । यसको खास गरी कर्णाली तथा लम्बिनी प्रदेशका बिद्यार्थीहरुले यसको फाइदा लिने विश्वविद्यालयल जनाएको छ ।
सोमबार लुम्बिनी प्राविधिक विश्वविद्यालयका रजिस्ट्रार रेगबहादुर भण्डारी , भि सि प्रा डा बिनोद प्रसाद ढकाल सहितको टोलीले बाँकेको बैजनाथ गाउँपालिका बर्दिया स्थित ठाकुर बाबा नगरपालिका ,बार बर्दिया नगरपालिका लगाएतका स्थानीय सरकारका प्रमुख तथा पदाधिकारीसँग छलफल गरेको छ । छलफलमा विश्वविद्यालयले ६ जना विद्यार्थीलाई पुर्ण रूपमा निशुल्क र १२ जनालाई सामान्य शुल्कका साथ छात्रवृत्ति उपलब्ध गराउने विषयमा समेत छलफल भएको थियो । स्थानीय सरकारले एक जना विद्यार्थीलाई अनुदानमा पढाइ सो बाट उत्पादन भएको जनशक्तिलाई स्थानीय तहमा नै सेवा गर्न लगाउने वातावरण बनाउन समेत विश्वविद्यालयका रजिस्ट्रार रेग बहादुर भण्डारीले बताए ।
विश्वविद्यालय अन्तर्राष्ट्रिय गुणस्तरको मापदण्ड अनुसारको भएकोले यसको लाभ लिन आग्रह गर्दै भि सि ढकालले १ वर्ष सम्मको कार्ययोजना सहित काम भइरहेको बताए ।
बैजनाथ गाउँपालिका उपाध्यक्ष निर्मला रोकायले उच्च शिक्षा अध्ययन गर्न प्रति विद्यार्थी बर्षमा १ लाख अनुदान सहित ८ जना विद्यार्थीलाई दिएको रकम प्रभावकारी बनाउन कार्यपालिकामा छलफल गर्ने र विद्यार्थीलाई पालिका अनुदानमा अध्यान गराउने प्रतिबद्धता व्यक्त गरिन ।
ठाकुरबाबा नगरपालिका उप प्रमुख बिना भट्टराई र बार बर्दियाका नगर प्रमुख छबिलाल थारुसँग भएको छलफल सकारात्मक भएको थप प्रचारप्रसारका लागि स्थानीय तहका सम्पुर्ण प्र अ हरु मार्फत विद्यार्थीहरुलाई प्राविधिक शिक्षा सम्बन्धि जानकारी गराएर प्रभावकारी बनाउन सहयोग गर्ने स्थानीय जनप्रतिनिधिहरुले प्रतिबद्धता गर्नुभएको रजिस्ट्रार भण्डारीले जानकारी दिए ।



