छत्रेश्वरीमा अपांगता भएकाहरूको परिवारको निःशुल्क स्वास्थ्य बिमा

सल्यान — जिल्लाको छत्रेश्वरी गाउँपालिकाले ‘ख’ वर्गका अपांगता भएका व्यक्तिको परिवारको निःशुल्क स्वास्थ्य बिमा गर्ने भएको छ । चालु आर्थिक वर्षको बजेटमै रकमको व्यवस्था गरेर अपांगता भएकाहरूका परिवारको निःशुल्क बिमा गर्ने भएको हो ।

स्वास्थ्य बिमालाई प्रभावकारी बनाउन ‘ख’ वर्गका अपांगता भएका परिवारलाई उत्साहित गर्न निःशुल्क बिमाको व्यवस्था गरिएको छत्रेश्वरी गाउँपालिकाका अध्यक्ष ओजबहादुर बुढाथोकीले बताए । निःशुल्क बिमाका लागि पालिकाले ५ लाख रुपैयाँ विनियोजन गरेको उनले जानकारी दिए ।

अपांगता भएका व्यक्ति र तिनका परिवारले बिमा योगदानको ५० प्रतिशत पालिकाले तिर्नेछ,’ उनले भने, ‘५० प्रतिशत कर्णाली प्रदेश सरकारले उपलब्ध गराउनेछ ।’

अपांगता भएका व्यक्तिको परिवारको निःशुल्क स्वास्थ्य बिमाका लागि स्वास्थ्य बिमा बोर्डसँग सहकार्य भइसकेको उनले जानकारी दिए ।





error: Content is protected !!