युक्रेनका रक्षामन्त्री बर्खास्त

काठमाडौं ः युक्रेनका रक्षामन्त्री रेज्निकोभलाई पदबाट बर्खास्त गरिएको छ। राष्ट्रपति भोलोदेमिर जेलेन्स्कीले युक्रेनका रक्षामन्त्री वलेक्सी रेज्निकोभलाई पदबाट बर्खास्त गरेको बीबीसीले जनाएको छ। योसँगै अब युक्रेनको नयाँ रक्षामन्त्रीको जिम्मेवारी त्यहाँको राज्य सम्पत्ति कोष हेर्ने रुस्टेम उमरोभले पाएका छन्।

सन् २०२२ को फेब्रुअरीमा रसिया युक्रेनको युद्ध हुनुभन्दा पहिलेदेखि नै रेज्निकोभ रक्षामन्त्री थिए। आइतबार रातिको सम्बोधनमा रक्षामन्त्रालय अब नयाँ ढंगले अगाडि बढ्ने बताउँदै जेलेन्स्कीले उमरोभलाई नयाँ रक्षामन्त्री घोषित गरेका हुन्।

सम्बोधनका क्रममा उनले रक्षा मन्त्रालयलाई सेना र समाज दुवैसँगै नयाँ दृष्टिकोण र अन्तरक्रियाको आवश्यकता रहेको बताए। ५७ वर्षीय रेज्निकोभलाई युक्रेनमा युद्ध शुरू भएदेखि नै चर्चित व्यक्तित्वका रुपमा लिइएको छ।





error: Content is protected !!