जाजरकोटमा ८५ प्रतिशत खानेपानी सुविधा पुग्यो ः उर्जामन्त्री बस्नेत

मोहन जंग शाही
जाजरकोट ः जाजरकोटका सातै पालिकामा रहेको ८५ प्रतिशत खानेपानी सुविधा पुगेको उर्जान्त्री शक्तिबहादुर बस्नेतले बताएका छन् । जाजरकोट सदरमुकाममा भएको पत्रकार भेटघाट कार्यक्रममा उनले यस्तो कुरा बताएका हुन् ।
बाँकी १५ प्रतिशतलाई एकिन गरेर कार्ययोजनामा लैजाने योजनामा रहेको उनले बताए । त्यस्तै उनले १ वर्ष भित्र जिल्लाका सबै ठाउँमा सञ्चार सेवा पुग्ने मन्त्री बस्नेतले बताए । नयाँ टावर थप्ने र पुरानालाई पनि मर्मत गरेर लैजाने काम समेत भइरहेको उनले बताए । कच्ची रहेका जिल्लाका आन्तरिक सडकमा स्तरोउन्नतीको काम समेत गर्ने योजनामा रहेको बताए ।
त्यस्तै जिल्ला भरी २१ वटा टेलिफोन टावर सञ्चालनमा रहेको र अब केही समय भित्र ७ वटा सञ्चालनमा आउने तयारीमा रहेको उनले बताए । बाँकी कभरेज नहुने ठाउँमा सर्वेक्षण गरेर मात्र नयाँ टावर निर्माण हुने उनले बताए ।









