जनयुद्धको झल्को दिलाउदै माओवादी नेताहरु विकृती ,विसंगती, गलत कामको सधैँ जनयुद्ध झैँ कठोर बन्नु ?

हेमन्त केसी
सुर्खेत , १५ भदौ ः जनयुद्धकालमा रात ,दिन पानी र घाम नभनि गाउँ ,गाउँमा सुशासनको नारा लगाउदै भेटिने नेकपा माओवादी केन्द्रका नेता तथा कार्यक्रताहरु शान्ति प्रक्रिया पछि हराएको देख्दा जाजरकोट नलगाड नगरपालिका–१३ की जैमती कामीलाई अचम्म लागेको थियो ।

उनलाई पानीको धारामा पानी भर्नका लागि कथित माथिल्लो जातका मानिस आउदा २ मिटर पर बसेर डराउदै थरररर काप्नुपर्ने मानसिक त्रासबाट मुक्त भएको दिनको खुब याद आउने गरेको छ । उनी भन्छिन् ,‘ पानी भर्न धारामा गएको थिए , मुखियाकी छोरीले धारा छोएको भन्दै मलाई नथानाम गाली गरेर लठ्ठीले हिक्याउनुभयो , पछि गाउँमै रहेका माओवादी कलाकारले त्यो थाहा पाएपछि मुखियाकी छोरीलाई माफी माग्न लगाई यस्तो खालको भेदभाव नगर्न सम्झाई बुझाई गरिएको थियो । त्यो समयबाट हामीले धारामा पानी भर्दा दुख कहिले पनि पाइनौँ ।’

अहिले तिनै माओवादी नेता तथा कार्यक्रताहरु गाउँ ,गाउँमा आएर विकास निर्माण ,सन्चो ,बिसन्चो देखि भ्रष्टा«चार गर्नेलाई छोडनुहुन्न भन्दै आएको देख्दा फेरी पनि केही आशा पलाएको अर्की रामिता विकले बताइन् । हिजो हाम्रो सत्ता आउछ अनि सबै ठिक हुन्छ भनिथ्यो , अहिले विकास निर्माणमा पारदर्शीता , जनताको जनजिविका बदल्ने कुरा र नेताहरु सुधिएर जनताको नेता बन्नुपर्नेमा जोड दिइएको रहेछ उनले भनिन् । ‘गाउँमै भटिने माओवादीका नेताहरुलाई बाहिर जिल्ला सरुवा गरेर बाहिरका नेताहरु हाम्रो गाउँमा पुग्नुभएको छ , एक हिसावले भन्ने हो भने आफ्नो ठाउँ र हाम्रो ठाउँको हरेक कुरा फरक हुने भएकाले यो अनुभव आदान प्रदान गर्ने अवसरको रुपमा पनि नेताले लिएको बताएका उनले भनिन् ।’

पहिलो यहाँका स्थानीय नेताहरु आउदा आफ्ना नजिकका कार्यक्रतालाई फोन गरेर बैठकमा बोलाउथे , अरुलाई थाहा नै नहुने अवस्था थियो रु अहिले सबैलाई बोलाएर प्रत्यकका गुनासा सुन्ने काम भएको उनले थपिन । त्यस्तै जनसम्पर्क कम भएको उपल्लो डोल्पामा समेत माओवादी नेताहरु पुगेका छन् । दुइ वर्ष अघि माओवादी अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्ड त्यहाँ पुगेका थिए । त्यपछि चुनावमा मात्र मुस्किलले पुग्ने माओवादी नेताहरु अहिले अभियान नै लिएर जाँदा राम्रो छलफल हुन थालेको लापा गुरुङले बताए । उपल्लो डोल्पाका नेतालाई केन्द्रीय सदस्य नै बनाएको रहेछ बल्ल हामीले यहाँ छलफल पछि थाहा भयो उनले भनिन । सधैँ भोटको मात्र व्यापार हुने उपल्लो डोल्पामा एकै पार्टीको रजाइ भएकोमा अब अरु दलले पनि आफ्नो सहभागिता देखाउन थालेको उनले बताइन् ।

त्यस्तै सल्यानको सदरमुकाम समेत रहेको शारदा नगरपालिकामा जिल्ला पार्टी कार्यालय देखि धेरै जनसम्पर्क कार्यालय रहेको भएपनि माओवादी कम्जोर रहेको छ । सोही पालिकामा जाजरकोटबाट सरुवा भएर पुर्वमन्त्री तथा केन्द्रीय सदस्य गणेशप्रसाद सिंह पुगेर घरदैलो देखि भेटघाटमा व्यास्त भएका छन् । बुधबार सिंहले शारदाको ७ नम्वर वडामा छलफल गर्दा अधिकांश नेता तथा कार्यक्रताले उनको पालामा शारदा नगरपालिका भित्र सुरु भएको बृहत खानेपानीले आफूलाई सहयोग पुगेको बताए । जनयुद्ध पछि लामो समयको अन्तरपछि नेता तथा कार्यक्रताहरु घर दैलोमा भेटिनु र कुरा सुन्ने वातावरण सिर्जना हुनु सबै भन्दा राम्रो अवसर भएको कार्यक्रताहरु बताउन थालेका छन् ।

अहिले कर्णालीका १० जिल्लाका हरेक टोलमा माओवादी नेताहरु पुगेका छन् । त्यो पनि सरुवा भएर अन्तर जिल्लाबाट नेताहरु त्यहाँ पुगेका छन् । जनयुद्धमा मात्र यसरी सरुवा गरेर छलफल हुने ,भेटघाट हुने भएपनि अहिले लामो समय पछि त्यही बिधि प्रयोग हुँदा खास माओवादी भएको अनूभुति भएको नेता तथा कार्यक्रताहरु बताउन थालेका छन् । चुनावमा मात्र होइन ,अन्य समयमा पनि माओवादी नेताहरु गाउँमा पुग्छन् र जनतासँग छलफल सँगै गुनासा सुन्ने गर्छन भन्ने यो गतिलो उदाहरण भएको बारेकोट मुलसाकी पार्वती शाहीले बताइन् । हिजो गाउँमा माओवादी हुँदा मदिरा , जुवा ,तास , बिभेदका घटनाहरु हुन नपाएकोमा अहिले त्यो रेसियो बढेको छ गाउँका सर्बसाधारणले बताएका छन् । बिकृतीले गाउँ बर्बाद भइसकेको गुनासो समेत अभियानमा व्यापक उठेको छ ।




सम्बन्धित समाचार


error: Content is protected !!