हुम्लामा बाढीले घट्ट बगाउँदा एक जना वेपत्ता

सुर्खेत ः अविरल वर्षासँगै आएको बाढीले बगाउँदा हुम्लामा घट्ट बगाउँदा एक जना वेपत्ता भएका छन् । सर्केगाड गाउापालिका–२ मा रहेको रिपगाड खोलामा बाढी आउँदा पानी घट्ट बगाउँदा एक जना बेपत्ता भएका छन् ।

वेपत्ता हुनेमा सर्केगाड गाउँपालिका–२ रिपगाउँका ५० वर्षीय मनऋषि जैसी छन् । उनी रिपगाड खोलामा रहेको घट्टमा अन्न पिसानीका लागि गएको बेला बगाएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।

तर अन्न पिसानी लागि गएका स्थानीय बेलुन्दार कार्की, बाँचु रावत र विजन रावत भागेर ज्यान जोगाएका छन् । खोलामा आएको बाढीले घट्टसहित ३० बोरा अन्न पनि बगाएको छ ।

बिहिबार रातीदेखि निरन्तर परेको अविरल वर्षा कारण खोलामा बाढीको बहावले घट्टसहित एक जना वेपत्ता भएको स्थानीय विजय महताराले जानकारी दिए । उनकाअनुसार स्थानीयको अन्न पिसानीको एक मात्र विकल्पका रुपमा घट्टमा लगिएको गहुँ, कोदो, मकै लगायतका ३० बोरा अन्न बगाएको छ ।

रिपगाड खोलामा रहेको लघु जलविद्युत पनि बाढीले बगाएको छ । बाढी कारण जलविद्युतको नहर, पाइप, र खोेला तर्न निर्माण गरिएको काठेपुलसमेत बगाएको छ ।





error: Content is protected !!