नवजात सात शिशुको हत्यामा बेलायती नर्स दोषी ठहर

बेलायतकी एक नर्सलाई नवजात सात शिशुको हत्या अभियोगमा अदालतले दोषी ठहर गरेको छ। गत अक्टोबरदेखि मुद्दा लडिरहेकी ३३ वर्षीया लुसी लेट्बीमाथि बिरामी वा समय नपुगी जन्मिएका शिशुलाई अनावश्यक ग्यास र इन्सुलिन दिएको र दूधको बढी मात्रा दिएको आरोप लगाइएको छ। उनलाई अन्य ६ शिशुको हत्या प्रयास गरेको पनि अभियोग लागेको छ।

उत्तरी इङ्ल्यान्डको म्यानचेस्टर क्राउन कोर्टको जुरीले २२ दिनसम्म चलेको सुनुवाइ र छलफलपछि अदालतले उनलाई दोषी ठहर गरेको हो। अब उनलाई आजीवन काराबासको सजाय हुन सक्ने अनुमान गरिएको छ।

यो घटनाले बेलायतका दुई कुख्यात चिकित्सकीय हत्यारा, डाक्टर हेरोल्ड शिपम्यान र नर्स बेभर्ली एलिटको सम्झनालाई पुनर्जीवित गरेको छ। सन् १९९३ मा ‘एन्जिल अफ डेथ’ भनिने नर्स एलिटलाई आफ्नो हेरचाहमा रहेका चार जना साना बालबालिकाको हत्या गरेको, अन्य तीन जनाको हत्या गर्ने प्रयास गरेको र बाँकी छ जनालाई शारीरिक क्षति पुर्‍याएको अभियोगमा आजीवन कारावासको सजाय सुनाइएको थियो।एजेन्सी




सम्बन्धित समाचार


error: Content is protected !!