सल्यानमा पुरुषको शव फेला

सल्यान — सल्यानमा बेवारिसे अवस्थामा एक पुरुषको शव भेटिएको छ । जिल्लाको त्रिवेणी गाउँपालिका-१ काभ्राको सल्लेरी सामुदायिक वनमा
बुधबार पुरुषको शव भेटिएको हो ।
शवको पहिचान खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक सन्तोष खनालले बताए । उनका अनुसार शव गल्न थालिसकेको अवस्थाको छ ।
घटनास्थलमा ईलाका प्रहरी कार्यालय लुहामको टोली गएर अनुसन्धान गरिरहेको छ । शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल सल्यान ल्याउने क्रममा रहेको प्रहरी निरीक्षक खनालले बताए । उनले शव पहिचानका लागि खोजीनीतिसमेत भइरहेको बताए ।










