एक महिनापछि डोल्पामा जहाज

डोल्पा ः मौसम सुधारसँगै जुफाल विमानस्थलमा हवाई सेवा सुचारु भएको छ । लगातारको बर्सातका कारण नेपालगन्ज डोल्पा आउने जहाजको आकासी मार्ग अवरुद्ध भई छब्बीस दिन सम्म हवाई सेवा बन्द भएको थियो ।

मौसममा सुधार आई आकाश खुलेसँगै बुधवार नेपालगन्जबाट डोल्पाको लागि तारा एयरलाइन्सको जहाजले एउटा उडान भरेको हो ।

तारा एयरलाइन्सको नेपालगन्ज डोल्पाको टिकट लिनु भएकी डोल्पा त्रिपुरा सुन्दरी नगरपालिका–१ त्रिपुरा कोटकी देवकी उपाध्यायले बल्लबल्ल आकाश खुलेपछि छब्बीस दिनपछि डोल्पामा आउन पाएको बताउनु भयो ।

नेपाल नागरिक उड्डयन प्राधिकरण जुफाल डोल्पाका प्रमुख अमित कुमार चौरासियाले मौसममा सुधार आएपछि उडान भएको तर प्राधिकरणले बिहान ६ बजेपछि दिउसो १२ बजे सम्म मात्र उडान गरिने गरी बनाएको मापदण्डमा फेरबदल नभएको बताउनु भयो ।

देशभर भएको भीषण बर्सातका कारण देशभरका २९ ओटा विमानस्थलमा हवाई उडानमा कडाइ गरेको थियो । झन्डै एक महिना सम्म हवाई उडान नहुँदा बिरामी असक्त र अत्यावश्कीय काममा नेपालगन्ज झर्नु पर्ने कर्मचारी सर्वसाधारणलाई सास्ती भएको थियो ।




सम्बन्धित समाचार


error: Content is protected !!