डोल्पाबाट ५ क्विन्टल ८५ किलो यार्सागुम्बा निकासी

हेमन्त केसी
सुर्खेत /  आर्थिक वर्ष २०७९÷०८० मा डोल्पाबाट ६ क्विन्टलको परिमाणमा जडीबुटी यार्सागुम्बा निकासी भएको छ । ६ क्विन्टलको परिमाणमा यार्सागुम्बा जिल्ला बाहिर निकासी भएको शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्ज र डिभिजन वन कार्यालय डोल्पाले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ ।

शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्ज सुलिगाडका संरक्षण अधिकृत लालबहादुर भण्डारीका अनुसार आर्थिक वर्ष ०७९÷०८० मा दण्डजरिमाना लगायत बिबिधबाट रु ३ लाख ६० हजार ३७३ , जडीबुटी र पर्यटनबाट रु २ करोड २४ हजार २६९ गरी जम्मा २ करोड ३ लाख ८४ हजार ६४२ रुपैयाँ निकुन्जले राजश्व स्वरुप उठाएको छ । अघिल्लो वर्ष भन्दा यो आर्थिक वर्षमा ३५ प्रतिशत राजश्व उठेको भण्डारीले बताए । निकुन्जले मात्र २४२ केजी यार्सागुम्वा निर्यातको अनुमति दिएको छ ।

त्यस्तै, गरी डिभिजन वन कार्यालयबाट तीन सय ४३ केजी २५५ ग्राम यार्सागुम्बाको छोडपुर्जि बापत एक करोड ६४ लाख ८९५ रुपियाँ उठेको छ । यसैगरी, सेतकचिनि कुटिक पदमचाल गुच्चिच्याउ लगायतका अन्य जडीबुटीको छोडपुर्जिबाट छ लाख ३९ हजार ५५५ गरी कुल एक करोड १२ लाख ८० हजार ४४७ रुपियाँ राजस्व आम्दानी भएको वन अधिकृत महेश कुमाईंले जानकारी दिए । नेपाल सरकारले एक केजी यार्सागुम्बाको राजस्व ३१ हजार रुपियाँ तोकिएको छ ।

 




सम्बन्धित समाचार


error: Content is protected !!