२३ सुरुङ तथा फ्लाईओभर निर्माण र अध्ययनका लागि १ अर्ब ९४ करोड बजेट, कुन आयोजनालाई कति ?

                                                      ६४ प्रतिशत बजेट टोखा-छहरे सुरुङलाई

२३ सुरुङ तथा फ्लाईओभर निर्माण र अध्ययनका लागि १ अर्ब ९४ करोड बजेट, कुन आयोजनालाई कति ?
यसैगरी पांडिणी गाउँपालिकादेखि दुर्गा फाँटा सुरुङ मार्ग अध्ययनका लागि २० लाख, लुम्बिनी रारा पर्यटकीय राजमार्ग अन्तर्गत जाजरकोट व्याउलीढुंगा-जुम्ला टोप्लाका लागि २० लाख र लुम्बिनी रारा पर्यटकीय राजमार्ग अन्तर्गत तुलसीपुर लुहाम सुरुङमार्गको अध्ययनका लागि पनि २० लाख रुपैयाँ विनियोजना भएको छ।

काठमाडौं ः सरकारले आगामी आर्थिक वर्षको बजेटमा अहिले निर्माण भइहेका बाहेक १९ ठाउँमा सुरुङ तथा फ्लाईओभर निर्माणको अध्ययन गर्ने भएको छ। २०८०/०८२ को भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको वार्षिक कार्याक्रममा १९ ठाउँमा सुरुङ तथा फ्लाई ओभर निर्माणको अध्ययनका लागि बजेट विनियोजन गरेको छ।

जसमा सबैभन्दा धेरै बजेट टोखा छहरे सुरुङ मार्गको अध्ययन तथा निर्माणका लागि भनेर विनियोजना गरिएको छ। बजेट प्रस्तुत गर्दै गर्दा यो सुरुङ मार्ग निर्माणका लागि १ अर्ब रुपैयाँ विनियोजन अर्थमन्त्री प्रकाशशरण महतले बताएका थिए। तर मन्त्रालयको वार्षिक कार्यक्रम पुस्तिकामा यो आयोजनका लागि १ अर्ब २५ करोड रुपैयाँ विनियोज भएको छ। बजेट विनियोजन कैफियतमा भने अध्ययन तथा निर्माण लेखिएको छ।

यसैगरी पांडिणी गाउँपालिकादेखि दुर्गा फाँटा सुरुङ मार्ग अध्ययनका लागि २० लाख, लुम्बिनी रारा पर्यटकीय राजमार्ग अन्तर्गत जाजरकोट व्याउलीढुंगा-जुम्ला टोप्लाका लागि २० लाख र लुम्बिनी रारा पर्यटकीय राजमार्ग अन्तर्गत तुलसीपुर लुहाम सुरुङमार्गको अध्ययनका लागि पनि २० लाख रुपैयाँ विनियोजना भएको छ।

यसैगी बेसिशहर-नाल्म बेशी सुरुङ मार्ग अध्ययनका लागि ५० लाख, सुनमाई राजदुबोल सुरुङ मार्ग इलामको लागि ५५ लाख, रारा राजमार्ग कुशे पाटनको लागि ४० लाख, बाग्लुंग व्युं नरेठाटीका लागि ४० लाख र फुश्रेखोला छोरेपाटन देखि स्यांग्जा गुडीकोला टनेल अध्ययनका लागि ४० लाख, गौदावरी-मानचौर सुरुङ मार्ग अध्ययनका लागि १० लाख र बिपिनगर खुटिया सुरुङको लागि १० लाख रुपैयाँ विनियोजना भएको छ।

यसैगी ताथली-रविओपी सुरुङमार्गका लागि ४० लाख, बबई-छिन्चुको लागि १५ लाख, प्रवास-जोर्ते ९पाल्पा० सडक सुरुङ मार्गका लागि ३० लाख र नयाँ बानेश्वर अन्डरपास अध्ययनका लागि १० लाख, मझिम्टार-शक्तिखोर सुरुङ मार्ग अध्ययनका लागि ४५ लाख, हेम्जा नयाँ पुल खण्ड सुरुङ मार्गको लागि १ करोड र दुम्कीबास-बर्दघाट सुरुङ मार्ग अध्ययनका लागि १ करो रुपैयाँ विनियोजना भएको छ।

यसैगरी धरान लेउती सुरुङ मार्ग निर्माणका लागि ५० लाख, ग्वाको सातदोबाटो एकान्तकुना फ्लाई ओभर निर्माणका १२ करोड रुपैयाँ विनियोजना भएको छ।

यसैगरी सिद्धबाबा सुरुङ मार्ग निर्माणका लागि ४५ करोड र विभिन्न प्रस्तावित सुरुङ मार्गको सम्भाव्यता अध्ययनका लागि ५० रुपैयाँ विनियोजन गरिएको छ।
साथै सुरुङ मार्ग विकास कार्यक्रमको सुपरभिजनका लागि ४ करोड ४० लाख रुपैयाँ विनियोजना गरेको छ।

सुरुङ मार्ग विकास कार्यक्रम अन्तर्गत नरहेको नागढुंगा-काठमाडौं सुरुङ मार्गका लागि ५ अर्ब १२ करोड रुपैयाँ विनियोना भएको छ। नागढुंगा-काठमाडौं सुरुङ मार्ग बाहेकको सुरुङ मार्ग विकास कार्यक्रमका अन्तर्गतका निर्माण तथा अध्ययन हुने २३ वटा आयोजनाका लागि भने १ अर्ब ९४ करोड ३५ लाख रुपैयाँ विनियोजना भएको छ।





error: Content is protected !!