पशुसेवा कार्यालय डोल्पा द्वारा कृषकलाई भैँसी वितरण

डोल्पा ः पछिल्लो समय सदरमुकाम दुनैमा दुधको अभाव हुन थालेपछि पशुसेवा कार्यालय डोल्पाले व्यावसायिक कृषकलाई समुहमार्फत् लाहुँरे (ब्याएको)भैँसी खरिद गरेर वितरण गरेको छ । कर्णाली प्रदेश सरकारको भैँसी प्रवद्र्धन कार्यक्रम अन्र्तगत कृषक समुहलाई भैँसी वितरण गरेको पशुसेवा कार्यालय दुनैले जनाएको हो ।
आर्थिक वर्ष ०७९०/८० को स्वीकृत रकमबाट ठूलिभेरी नगरपालिका वडा नम्बर २ लोचास्थित तामाखानी कृषि तथा पशुपन्क्षी सहकारी संस्थाको साझेदारीमा सहकारीका सदस्यहरुलाई भैँसी वितरण गरिएको पशु अस्पताल तथा पशुसेवा कार्यालय डोल्पाका निमित्त प्रमुख जरबहादुर भक्रीले बताउनुभयो ।
प्रमुख जिल्ला अधिकारी भुमिश्वर पोखरेल जिल्ला प्रहरी कार्यालयका डिएसपी शिव बुढाथोकी नागरिक समाजका अध्यक्ष शेरबहादुर बुढा लगायत विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिको सहभागितामा १० ओटा ठुलो९ब्याएको० र ८ वटा सानो बच्चा समेत गरेर १८ वटा तामाखानी कृषि तथा पशुपन्क्षी सहकारी संस्थालाई औपचारिक कार्यक्रम गरेर हस्तान्तरण गरिएको हो ।
पशुसेवा कार्यालयको १२ लाख र तामाखानी कृषि तथा पशुपन्क्षी सहकारीको ३ लाख रुपियाँ गरी १५ लाखको लागतमा भैँसी पाडा र दाना घाँस कृषकको भैँसी खरिद गर्न जाँदा लागेको आवतजावत खर्च समेत गरी पन्ध्र लाखमा खरिद गरिएर वितरण गरिएको हो ।
व्यवसायिक रुपमा भैँसी पालन गरिरहेका सहकारी पाँच जना सदस्यलाई व्यवसाय विस्तार र नयाँ पाँच जनालाई व्यवसायिक भैँसीपालनतर्फ आर्कषित गरी बजारमा भइरहेको दुधको अभावलाई न्यूनीकरण गर्न १० जना कृषकलाई वितरण गरिएको वडाअध्यक्ष कमलबहादुर क्षेत्रीले बताउनुभयो ।
ठुलिभेरी नगरपालिका वडा नम्बर ३ मा रहेको दुनै बजारमा उपभोक्ताहरुले सहजरुपमा दुध पाउने वातावरण सृजना गरी व्यवसायिक कृषकको आम्दानी वृद्धिको लागि कार्यक्रले सहयोग पुग्ने पनि सहकारीले जनाएको छ ।



