नेपालविरुद्ध युएई १५७ रनमा अलआउट

​कुशल भुर्तेलले लिए ६ विकेट

Ansh Tandon of United Arab Emirates A plays a shot during the ACC Men’s Emerging Teams Asia Cup 2023 cricket match between Nepal and United Arab Emirates A at the P. Saravanamuttu International cricket Stadium, Colombo, Sri Lanka on July 19, 2023.
Photo by: Pankaj Nangia / Creimas / Asian Cricket Council

काठमाडौं ः एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेटको अन्तिम खेलमा युएईले नेपाललाई १ सय ५८ रनको चुनौती दिएको छ।

श्रीलंकाको कोलम्बोमा टस जितेर पहिला ब्याटिङ गरेको युएइ ४४ ओभरमा १ सय ५७ रनमा अलआउट भएको हो। युएईका लागि लभरप्रित सिंहले सर्वाधिक ५२ रन बनाए।

नेपालका कुशल भुर्तेलले ६ विकेट लिए भने श्याम ढकालले २, कुशल मल्ल र पवन सर्राफले एक एक विकेट खसाले ।

अब केहीबेरमा नेपालले जवाफ ब्याटिङ सुरु गर्नेछ । समूह बी मा रहेका नेपाल र युएई ए दुवै समूह चरणबाट बाहिरिसकेका छन् । नेपाल आफ्नो पहिलो खेलमा पाकिस्तान ए सँग ४ विकेट तथा दोस्रो खेलमा भारत ए सँग ९ विकेटले पराजित भएको थियो भने युएई पनि भारत ए र पाकिस्तान ए सँग नै पराजित भएर प्रतियोगिताबाट बाहिरिसकेको छ ।

नेपाल ए र युएइ ए बाहिरिएसँगै प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । समुह ए बाट श्रीलंका ए र अफगानिस्तान ए सेमिफाईनलमा प्रवेश गर्दा समुह बि बाट भारत ए र पाकिस्तान ए ले अन्तिम चारमा स्थान बनाएका छन् ।

प्रतियोगितामा समुह बिजेता बन्न आज भारत र पाकिस्तानबीच भिडन्त हुँदै छ । खेल नेपाली समयअनुसार दिउँसो सवा २ बजे सुरु हुनेछ ।





error: Content is protected !!