जुम्लामा कर शिक्षा दिन सुरु

जुम्ला ः जुम्लाका गाउँमा करदाता शिक्षा दिन सुरु गरिएको छ । आन्तरिक राजस्व कार्यालय जुम्ला र उद्योग उपभोक्ता हित संरक्षण कार्यालय जुम्लाले संयुक्त रुपमा स्थानीय तहका बजारमा अनुगमनसँगै कर शिक्षा दिन सुरु गरेको हो ।

सरकारको राजस्व बढाउने उद्देश्यले व्यवसायीलाई करको दायरमा ल्याउन तथा समयमै नवीकरण गर्ने उद्देश्यले कर शिक्षा सुरु गरिएको आन्तरिक राजस्व कार्यालय जुम्लाले जनाएको छ । पतारासी गाउँपालिकाको लासी बजारमा सञ्चालित कार्यक्रममा आन्तरिक राजस्व कार्यालय जुम्लाका कर अधिकृत खेमप्रसाद उपाध्याय, उपभोक्ता हित संरक्षण कार्यालय जुम्लाका प्रमुख श्रीकृष्ण देवकोटा, नेपाल पत्रकार महासङ्घ, नेपाल प्रहरी हितको टिमले करशिक्षा दिँदै आएको छ ।

टोलीले पछिल्लो समयमा पातारासी गाउँपालिकाको लासी र उर्थु बजारमा अनुगमन गरेर व्यापारीलाई करशिक्षा दिएको छ । लासी बजारका करिब डेढ दर्जन व्यवसायीलाई कर शिक्षा तथा जनचेतना दिइएको छ । कर अधिकृत खेमराज उपाध्यायले व्यवसायी सबैले करदाता सेवा कार्यालयमा आफ्नो व्यवसाय दर्ता गर्न गर्नुरोध गर्नुभयो । उहाँले पान नम्बर अनिवार्य रुपमा पसल वा होटलमा टाँस्नु पर्ने अल्टिमेटम दिइएको छ ।

कर अधिकृत उपाध्यायले दर्ता नभएका व्यवसाय अवैध भएमा कानुन बमोजिम ठूलो समस्या हुने बताउँदै पान वा भ्याटमा दर्ता गर्दा चाहिने आवश्यक प्रक्रियाका बारेमा जानकारी गर्नुभयो । राज्यलाई तिर्नुपर्ने कर तीर्ने व्यक्ति सचेत नागरिक हुन् । उहाँले गाउँपालिकाका बजारसँगै जुम्लाको सदरमुकाम खलङ्गा, कालिकोट र मुगुमा समेत करदाता शिक्षा दिएको आन्तरिक राजश्व कार्यालय जुम्लाले जानकारी दिएको छ ।

यता उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय जुम्लाका प्रमुख श्रीकृष्ण देवकोटाले म्याद गुज्रेका सामग्रीले मानिसको ज्यानमा असर पुर्‍याउने भएकाले ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले पसलमा एकभन्दा बढी सामग्री एकै स्थानमा राख्न नमिल्ने बताउँदै मदिरासँगै राख्न नमिल्ने मदिरा राखेमा अनिवार्य अन्तःशुल्कमा दर्ता हुनुपर्ने बताउनुभयो । उहाँले पसलमा पनि म्याद गुज्रेका सामग्री भेटिएमा भिन्नै कार्टुनमा राखेर सचेतना दिनुपर्ने बताउनुभयो ।

म्याद गुज्रेका सामग्री नष्ट

पातारासी गाउँपालिकाको केन्द्र रहेको लासी बजार र उर्थुमा गरिएको अनुगमनमा मिति नाघेका खाद्य वस्तुहरु नष्ट गरिएको छ । उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयको नेतृत्वमा गरिएको अनुगमनमा २८ वटा पसलमा अनुगमन तथा विभिन्न प्रकारका निर्देशन गरिएको कार्यालय प्रमुख देवकोटाले जानकारी दिनुभयो । अनुगमन गरिएका २८ होटल तथा पसलमा जसमा ? । दुई हजार ६ सय ५० बराबरको मिति नाघेको सामान नियमानुसार नष्ट गरिएको छ ।





error: Content is protected !!